हाम्रो जागृती सगरमाथा सहकारीले मनायो तेस्रो स्थापना दिवस

मेचीकाली संवाददाता

१९ फाल्गुन २०७९, शुक्रबार
288 shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ योगिकुटीस्थित हाम्रो जागृती सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तेस्रो स्थापना दिवस मनाएको छ ।

शुक्रबार आयोजना गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष लोकनाथ पाण्डेको अध्यक्षता, शेयर सदस्य तथा तिलोत्तमा–२ का अध्यक्ष डिल बहादुर भट्टराईको प्रमुख आतिथ्यता र संस्थापक अध्यक्ष एव कुमार क्षेत्रीको बिशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष पाण्डेले शेयर सदस्यको शेयर तथा बचत रकम हिनामिना हुन नदिई संस्थाको उद्देश्य प्राप्तिको लागि संस्था र शेयर सदस्यहरुको हक र हितमा खर्च गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै उनले सरहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष रक्तदान, स्वास्थ्य शिविर, सम्मान, बृक्षरोपण लगायतका सामाजिक कामहरु गर्दै आइरहेको बताए । स्थापना दिवसको अबसरमा ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक शेयर सदस्य तथा शेयर सदस्यहरुका बुआआमाहरुलाई सम्मानसमेत गरिएको थियो ।

पूर्व अध्यक्ष यादवनाथ आचार्य, सल्लाहकार कृष्ण बहादुर केसी, जयनारायण आचार्य, अग्नीधर शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सञ्चालक समिति, बिभिन्न उपसमिति सदस्य, शेयर सदस्यहरुको सहभागीता रहेको थियो । संस्थाका उपाध्यक्ष होम प्रसाद शर्माको स्वागत तथा सचिव तोलाकान्त डुम्रेको सञ्चालनमा कार्यक्रम भएको थियो ।