अर्घाखाँचीमा एक पुरुष मृत फेला

मेचीकाली संवाददाता

१९ फाल्गुन २०७९, शुक्रबार
193 shares
सांकेतिक तस्विर

अर्घाखाँची । अर्घाखाँचीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । शुक्रबार जिल्लाको शितगंगा नगरपालिका–१४ मा ५५ वर्षीय भुपाल पुन मृत फेला परेको ईलाका प्रहरी कार्याय ठाडाका प्रहरी निरीक्षक होम रेग्मीले जानकारी दिए ।

प्रहरी निरीक्षक रेग्मीका अनुसार सडक निर्माणको काम गर्दै आएका प्युठानको नौबहिनी गाँउपालिकाका पुन सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।

बिहीबार बेलुका खाना खाएर सुतेका पुन शुक्रबार बिहान अबेरसम्म नउठेपछि साथिहरुले बोलाउँदा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक पुनसँगै अरु १४ जना साथीहरु पनि बस्दै आएको प्रहरी निरीक्षक रेग्मीले बताए । पुनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाईएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक रेग्मीले बताए ।