नेपाल एभरग्रीन पब्लिक इङलिस स्कुलको २४ औं वार्षिकोत्सब सम्पन्न

मेचीकाली संवाददाता

२५ फाल्गुन २०७९, बिहीबार
381 shares

तुलसीराम पौडेल —
रुपन्देही ,फाल्गुन २४
११३ औं नारी दिवसको शुभ अवसरमा रुपन्देहीको बुटवल -१७ मोतिपुर स्थित नेपाल एभर ग्रीन पब्लिक स्कुलको २४ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ।
आफ्नो विद्यालयको २४ वार्षिक उत्सव कार्यक्रम अन्तरगत विद्यालयले science expo,अभिभावक Quiz ,chair race ,पुरस्कार वितरण ,लघुनाटक एवं विभिन्न सास्कृतिक कार्यक्रमहरु संचालन गरेको थियो
बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष ज्ञान बहादुर रेश्मीले कार्यक्रमको उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले रास्टको शिक्षा विकासमा निजी शैक्षिक सस्थाको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो।कार्यक्रममा बुटवल उपमहानगरपालिका -१८ का वडा अध्यक्ष गुरु प्रसाद पङ्गेनी ,स्किल वेस द एजुकेसन फाउन्डेसनका मेनेजिङ्ग डाइरेक्टर ओम प्रकाश बस्याल ,प्याब्सन रुपन्देहीका उपाध्यक्ष कुलराज शर्मा ,रेप्सा रुपन्देहीका अध्यक्ष कमल प्रसाद पौडेल ,विद्यालयका प्रमुख सल्लाहकार एवं मोतिपुर माविका प्रतिनिधि उमानन्द घिमिरे ,विद्यालयका प्रवन्ध निर्देशक प्रेम कुमार श्रेष्ठ ,अभिभावक कविता कोइराला लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे । विद्यालयका अध्यक्ष बालकृष्ण तिवारीको अध्यक्षता, बुटवल -१७ का अध्यक्ष ज्ञान बहादुर रेश्मीको प्रमुख आतिथ्यता,विद्यालयका सह प्राचार्य बिष्णु प्रसाद अर्यालको स्वागत मन्तव्य रहेकोे कार्यक्रममा विद्यालयका प्राचार्य कपिलमणी ढकालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम संचालक अन्तरगत मुख्य कार्यक्रम संचालन शिक्षक द्वय मुक्त प्रसाद गैरे र यादव शर्माले गर्नुभएको थियो ।खेलकुद कार्यक्रमको संचालन विद्यार्थी विशाल ढकाल र इन्दु रानाले गर्नुभएको थियो। साहित्य कार्यक्रमको संचालन शुसन साठी घरे र प्रतीक्षा श्रेष्ठले गर्नुभएको थियोे ।शैक्षिक पुरस्कार कार्यक्रम संचालन आदेश पाण्डेय र दिया श्रेष्ठले गर्नुभएको थियोे ।