बाल अधिकार चेतना समुहद्वारा सडक नाटक प्रर्दशन

मेचीकाली संवाददाता

२८ फाल्गुन २०७९, आईतवार
319 shares

सुनिल आचार्य

कपिलवस्तु । मायादेवी गाउँपालिका ५ बलुहवामा सडक नाटक प्रदर्शन गरिएको छ । इन्सेकद्वारा गठन भएको बाल अधिकार चेतना समुह मायाँदेवी गाउँपालिका वडा नं. ५ स्थित श्री जनता मावि बलुहवा र मानव अधिकार समूहको आयोजना तथा बिद्यालयको समन्वय र इन्सेक कपिलवस्तुको आर्थिक सहयोगमा शनिबार बाल विवाह विरूद्ध बाल अधिकार चेतना समूहका बालवालिकाहरुले सडक नाटक प्रर्दशन गरेका छन् ।

नाटकमा बालवालिकाको अधिकार कसैले पनि हनन गरिदिनु हुँदैन, बालबालिकालाई माध्यमिक तह सम्मको शिक्षाको अधिकार देऊ, म सानो छु सानो उमेरमा बिवाह नगरिदेऊ, उमेर नपुगी बिवाह गरिदिने अभिभावकलाई कानुनी कारवाही होस भन्दै बिहेवारी २० वर्षपारी हुनुपर्छ भन्ने लगाएतका विषयमा स्थानियलाई सचेत बनाउन उक्त नाटक प्रस्तुत गरिएको थियो ।

सडक नाटकलाई अवलोकन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परमेश्वर यादवले बालबालिकाहरुले समाजलाई सचेत बनाउने विषयलाई समेटर राम्रो प्रस्तुत गरेको बताउनु भयो । बालबालिकाहरुले बाल विवाह, बहुविवाह, दाईजो प्रथा, शिक्षा , स्वास्थ्य, वातावरण, लैंगिक विभेद लगाएतका बिषयमा सचेतना मुलक नाटक प्रदर्शनले आम नागरिकलाई सचेत बनाउन सकिने बताउनु भयो ।

यस्तै महिला तथा बालबालिका माथिहुने हिंसा विरूद्ध आवाज उठान गर्नका निम्ति स्थानियहरुलाई जागरूक बनाउन सकिने बताउनुभयो । साथै यस्ता कार्यक्रमहरु पालिकाको सम्पूर्ण वडाहरुमा प्रदर्शन गर्न सके गाउँगाउँका जनता सचेत हुने र बालबालिकाहरु आफ्नो अधिकारबाट बञ्चित नहुने प्रमुख प्रशासकिय अधिकृत यादवले बताउनु भयो ।

यसैगरी बिद्यालयका प्रधानाध्यापक राम निवास चौहानले बालबालिकाहरुले प्रदर्शन गरेको सडक नाटकले स्थानिय तथा अभिभावकहरु सचेत हुने बिश्वास व्यक्त गर्नुभयो ।

स्थानिय समुदायलाई सचेतपार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले बाल अधिकार चेतना समूहले प्रर्दशन गरेको सडक नाटकमा गाउँपालिका कार्य समिती सदस्य आज्ञाराम धोवी , वडा नं. १ का वडा अध्यक्ष मोहम्मद ईसहाक मुसलमान, वडा नं. ८ का अध्यक्ष मुस्ताक हाजि मुसलमान, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परमेस्वर यादवको आतिथ्यता रहेको थियो ।

यसैगरी समाजसेवी राम बेलास धोवी, बिद्यालयका प्रधानाध्यापक राम निवास चौहान, बाल संरक्षक शिक्षक बालकिसुन यादव, इन्सेक प्रतिनिधी पार्वती आचार्य, मानव अधिकार समूहका अध्यक्ष सतिष प्रसाद पाण्डेय, संचारकर्मी सुनिल आचार्य, शिक्षकहरु, समूहका पदाधिकारीहरु, बिद्यार्थीहरु तथा स्थानियहरूको उपस्थिति रहेको थियो ।

सडक प्रदर्शन नाटक बाल संरक्षक शिक्षक बाल किसुन थादवको सहजीकरणमा समूहका अध्यक्ष अष्टिमा चौधरी, राम नरेश कहार, संन्दिप चौधरी, फुल कुमारी धोवी, मालती पासी, बृजेश यादव लगाएतको टोलिले नाटक प्रदर्शनमा भाग लिएका थिए ।