यूएईलाई हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता

मेचीकाली संवाददाता

२८ फाल्गुन २०७९, आईतवार
211 shares

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय मान्यता जागाएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईलाई हराउँदै एकदिवसीय मान्यता जागाएको हो ।

आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले हाराएको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७१ रन बनायो । यो जितसँगै नेपालले सन् २०२७ सम्मका लागि एकदिवसीय मान्यता जोगाएको छ । नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो ।

यूएईका लागि आयान खानले सर्वाधिक २९ रन बनाए । त्यस्तै आश्वान्तभाल थापाले १७ रन बनाउँदा कार्तीके माइपानले ११ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि ललित नारायण राजवंसीले पाँच विकेट लिए ।

उनले ७ ओभर ५ बल बलिङ गर्दै २० रन खर्चेर दुई मेडन ओभर फाले । त्यस्तै सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले एक–एक विकेट लिए ।