एमालेको प्रशिक्षण कार्यक्रम सञ्चालन

मेचीकाली संवाददाता

२८ फाल्गुन २०७९, आईतवार
550 shares

वालिङ । एमाले स्याङ्जाले अर्जुनचौपारिबाट आफ्ना कार्यकर्ता लाई प्रशिक्षण कार्यक्रम सन्चालन थालेको छ ।नेकपा एमाले ले मिसन ग्रास रुट अन्तरगत अर्जुन चौपारी ५ को आरूचौर मा प्रशिक्षण कार्यक्रम संचालन गरेको हो ।

वडा अध्यक्ष बुद्धि गुरुङको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख प्रशिक्षक का रुपमा गणडकि प्रदेशका सासद तथा गण्डकी प्रदेश नेकपा सचिवालय सदस्य सुधीर पौडेल र एमाले जिल्ला कमिटी सचिव राजेन्द्र डुम्रेले समसामयिक विषय र आगामी एमालेको रणनीति बारे प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा नेकपा एमाले एक्लैले देश हाँक्न र देशको विकास देखेको हुँदा अव्वल दर्जाको पार्टी रहेको बताए ।

मुलुकको आमुल परिवर्तन, जनताको विकास , समाज सुहाउँदो शिक्षा, स्वास्थ मानिसको नैशर्गिक आवश्यकता भएको हुँदा नेपाली जनताको मनोभावना बुझ्ने गरि अगाडि बढेको पार्टी भएको ले यो सतीशाल जस्तै अगाडी बढ्ने र जनताको भावना बोकेर हिड्ने बताएका थिए ।

सचिवालय सदस्य चिनु गुरुङ, जिल्ला सदस्य टंक सापकोटा, पालिका सचिव टंक सापकोटा लगाएतले पार्टीको कार्यक्रम र निति बारे बोलेका थिए । प्रशिक्षण भेलाले वार्ड स्तरका १ महीने कार्यक्रम तय गरी, भावि योजना निर्माण र जिम्मेवारी विभाजन तय गरेको छ ।