वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

मेचीकाली संवाददाता

२८ फाल्गुन २०७९, आईतवार
201 shares

सुनिल आचार्य

कपिलवस्तु । इन्सेक कपिलवस्तु र मानव अधिकार समूह कपिलवस्तुको आयोजना तथा मायाँदेवी गाउँपालिकाको समन्वयमा वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी फागुन २८ गते मायाँदेवी गाउँपालिकामा सम्पन्न भएको छ ।

कार्यक्रममा मायाँदेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमानले वातावरणको सङ्रक्षण गर्न सबै सरोकारवालाहरूको एक्यवद्धता हुन आवश्यक भएको बताउनु भयो । गाउँपालिकालाई सौन्दर्य र समृद्ध बनाउन पालिकाले निती बनाएर कार्यहरु संचालन गर्ने उहाँले बताउनु भयो । यसैगरी शैक्षिक क्षेत्रका समस्याहरुलाई समाधान गर्न बिद्यालयहरुमा अनुगमन गरी आवश्यकता अनुसार समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो । खानेपानीको समस्यालाई व्यवस्थापनका लागि सक्रिय रुपमा लागि पर्ने बताउँदै पालिका भित्र देखिएका जुनसुकै समस्याहरुलाई पालिकामा सुझाव दिन समेत आग्रह गर्नुभयो ।

यसैगरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परमेश्वर प्रसाद यादवले पालिकालाई सौन्दर्यीकरण गर्न वातावरण निती तथा कार्यविधी बनाउने र सोही नितीमा रहेर कार्यहरु गर्ने बताउनु भयो । स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकार संरक्षण गर्न प्राकृतिक श्रोतको समुचित उपयोग तथा दिगो व्यवस्थापन गर्न र स्थानिय तहमा वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण ऐन निर्धारण गर्ने बताउनु भयो । साथै शिक्षाक्षेत्रको अनुगमन गरी सुधार गरिने बताउँदै वातावरणको निती निर्माण गरी पालिकालाई हराभरा बनाउने र सरसफाईमा ध्यान दिने उहाँको भनाई छ ।

कार्यक्रमा वडा नं. १ का वडा अध्यक्ष ईसाहक अहम्मद मुसलमानले वातावरणको क्षेत्रमा कुनै पनि कार्यहरु नहुनु दुखको कुरा भएको बताउनु भयो । खुलादिशा मुक्त घोषणा पश्चात कार्यान्वयन नहुँदा कागजमा मात्र सिमित भएको बताउँदै उहाँले सोंचे अनुसार कुनै पनि उल्लेखनिय कार्य नभएको बताउनु भयो ।

यस्तै वडा नं. ५ का वडा अध्यक्ष तथा सामाजिक बिकस संयोजक राघवेन्द्र प्रसाद पाण्डेयले भौतिक बिकास पुर्वाधार तर्फ सबैको ध्यान गएको तर वातावरणको अधिकारमा कसैको ध्यान जान नसकेको बताउनु भयो । वातावरण संरक्षण गर्न समाजमा चेतनाको समेत कमी भएको हुँदा आफ्नो कर्तव्यको पालना आम नागरिकले गर्नुपर्नेमा जोड दिनुभयो । वातावरण संरक्षण गर्नका लागि पालिकावासिको साथ सहयोगको आवश्यकता भएको बताउनु भयो । शैक्षिक सुधारकालागि यस पालिकाकाका ३३ वटा सामुदायीक बिद्यालयको अनुगमन गर्ने र समस्या समाधान तर्फ लाग्ने प्रतिवद्धता जनाउनु भयो ।

वडा नं. ८ का वडा अध्यक्ष मुस्ताक अहम्मद मुसलमानले यस मायाँदेवी गाउँपालिकामा शुद्ध पिउने पानीको समस्या भएको बताउँदै वातारण संरक्षणमा आफ्नो वडालाई सचेतीकरण गराउने प्रतिवद्धता जनाउनु भयो ।

यसैगरी शिक्षा शाखा प्रमुख माधव प्रसाद घिमिरेले खुला दिशा मुक्त घोषण भएको पालिकामा खुला स्थानहरुमा सौच गरेको देख्नु पर्दा लज्जस्पद भएको बताउनु भयो । स्वच्छ वातावरण सृजनागर्न दुर्घन्धित हुने कुनै पनि गतिविधीहरु गर्न नहुने बताउनु भयो ।

जनता माबि बलुहवाका प्रधानाध्यापक राम निवास चौहानले दक्षजनशक्ति , भौतिकपूर्वाधार र आर्थिक अभावका कारण १ हजार बढी बिद्यार्थीहरुलाई व्यवस्थापन गर्न कठिनाई भएको बताउनु भयो । बिद्यालयमा शुद्ध पिउने पानीको अभाव , फोहोर व्यवस्थापनका लागि डस्टबिनको अभाव भएको गुनासो सुनाउनु भयो । बिद्यालयमा आयश्रोत केही छैन बार्षिक रुपमा मसलन्दका लागि जम्मा रु. ३० हजार रुपैया मात्र आउँछ बर्षमा मार्कर खरिद गर्न समेत नपुग्ने प्रधानाध्यापक चौहानले बताउनु भयो । बिद्यालयमा सरसफाई व्यवस्थापनका लागि अनुगमन गर्न पालिका अध्यक्ष समक्ष आग्रह गर्नुभयो ।

कार्यक्रममा बाल अधिकार समूह प्रदेश अध्यक्ष राज कुमार धोवी , लक्ष्मी युवा क्लवका अध्यक्ष जगदिश यादव लगाएतले कार्यक्रमको संबोधन गर्दै निर्माण भएका सौचालयहरुमा भुषा तथा गुईठा राख्ने गरेको पाईएको हुँदा प्रयोगमा ल्याउन पालिकाले अभियान संचालन गर्नुपर्नेमा जोडदिएका थिए । नगरले छुट्याउने बजेट भौतिक पूर्वाधार तर्फमात्र भएको भन्दै फोहोर व्यवस्थापनका लागि बजेटलाई प्राथमिकतामा राख्नु पर्ने सहभागिहरुको भनाई रहेको छ ।

मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मीले वातावरणको अधिकार सम्बन्धि निती तथा कार्यविधि बनाई सक्रियरुपमा अगाडी बढाउन आग्रह गर्दै शिक्षा, स्वास्थ्य, वातावरण, लैंगिक विभेद , बाल विवाह , दाईजो प्रथा र जातीय विभेदलगायतका बिषयमा पालिकासँग समन्वय गरी समुदायमा मानव अधिकार समूहले काम गर्ने बताउनु भयो ।

मानअ अधिकार समूह मायाँदेवी गाउँपालिकाका अध्यक्ष सतिष प्रसाद पाण्डेयको अध्यक्षतामा वडा वडा अध्यक्षहरु , वडा सदस्यहरु , बिषयगत शाखा प्रमुखहरु सामाजिक बिकास शाखा प्रमुख बैतुल्लाह धुनिया, कृषि शाखा प्रमुख राम बिलास मौर्य , आयुर्वेदिक अस्पतालका रेखा शुक्ला , मेचिकाली राष्ट्रिय दैनिकका सुनिल आचार्य र समूहका पदाधिकारीहरु बाल अधिकार चेतना समूह , युवा संजालका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । भने उक्त कार्यक्रमको सहजीकरण इन्सेक प्रतिनिधी पार्वती आचार्यले गर्नु भएको थियो ।