रामचन्द्र पौडेलले लिए राष्ट्रपतिको शपथ

मेचीकाली संवाददाता

२९ फाल्गुन २०७९, सोमबार
582 shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति निवास शीतल निवासमा आयोजित विशेष समारोहमा सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। राष्ट्रपतिलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीशले शपथ गराउने संवैधानिक व्यवस्था रहेको छ।

फागुन २५ गते भएको निर्वाचनमा पौडेल राष्ट्रपति निर्वाचित भएका हुन्। उनले ३३ हजार ८०२ मतभार प्राप्त गरेका थिए भने प्रतिस्पर्धी नेकपा ९एमाले०का उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए।