जिल्ला विपद व्यवस्थापन समितीको बैठक

मेचीकाली संवाददाता

१ चैत्र २०७९, बुधबार
243 shares

पार्वती आचार्य

कपिलवस्तु । जिल्ला विपद व्यवस्थापन समितीको बैठक जिल्लाका सरोकारवालाहरु बिच सम्पन्न गरिएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा जिल्लाका दश स्थानियतहका प्रमुख, उपप्रमुख, सुरक्षा निकायका प्रमुख, बिभिन्न कार्यालयका प्रमुख, राजनितीक दलका प्रतिनिधीहरुको उपस्थितीमा जिल्ला प्रशासन कार्यालय तौलिहवामा सोमबार बैठक सम्पन्न गरिएको हो ।

बैठकमा विगतका बैठकहरुको कार्यान्वयनको समिक्षा गर्दै जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार्य योजना पुनरावलकन गर्नकालागि नेपाल रेडक्रस सोसाईटी, युएनएफपीए का जिल्ला प्रतिनिधीलाई जिम्मा दिने निर्णय भएको छ । यस्तै सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण कपिलवस्तुबाट सबै स्थानियतहलाई समेट्ने गरी विपद् जोखिम न्यूनिकरणकालागि सहयोग पुग्ने गरी अभिमूखिकरण कार्यकाक्रम संचालन गर्ने लगाएतका निर्णयहरु गरिएको जिल्ला विपद् व्यवस्थापन समिती कपिलवस्तुले जनाएको छ ।

बैठकमा सुक्खा मौसममा स्वास्थ्य जन्य झाडा पखला लु जस्ता महामारी हुन सक्ने अवस्थालाई मध्यनजर गरी स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकाको स्वास्थ्य शाखाले आवश्यक तयारी गर्ने गराउने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकार शंकरहरि आचार्यले जानकारी दिनु भयो ।

नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जिल्ला विपद् व्यवस्थापन कोषमा प्राप्त अख्तियारी बमोजिमको राहत रकम ०७९ पुस २२ गतेदेखि हालसम्म खर्च भएको हुँदा उक्त खर्चको अनुमोदन समेत गरिएको छ ।