बाल अधिकार चेतना समुहद्धारा सचेतनामुलक सडक नाटक प्रर्दशन

मेचीकाली संवाददाता

१ चैत्र २०७९, बुधबार
309 shares

बसन्ती आचार्य

कपिलवस्तु । इन्सेकद्वारा गठन भएको बाल अधिकार चेतना समुह कपिलवस्तु नगरपालिका वडा नं. १ स्थित रत्न राज्य लक्ष्मी मावि, मानव अधिकार समूह कपिलवस्तुको आयोजना तथा कपिलवस्तु नगरपालिका र रत्नराज्य लक्ष्मी माविको समन्वय र इन्सेक कपिलवस्तुको सहकार्यमा बुधबार शक्षा, स्वास्थ्य, वातावरण तथा लैंगिक विभेद विरूद्ध बाल अधिकार चेतना समूहका बालवालिकाहरुले जिल्ला प्रशासन चोकमा सडक नाटक प्रर्दशन गरेका छन् ।

नाटकमा बालवालिकाको अधिकार कसैले पनि हनन गरिदिनु हुँदैन , बालबालिकालाई शिक्षाको अधिकार बाट बञ्चित गराउनु हुँदैन , म सानो छु सानो उमेरमा बिवाह नगरिदेऊ , उमेर नपुगी बिवाह गरिदिने अभिभावकलाई कानुनी कारवाही हुनुपर्छ , लैंगिक बिभेद गर्नु हुँदैन भन्दै बिहेवारी २० वर्षपारी हुनुपर्छ भन्ने लगाएतका विषयमा नाटक प्रस्तुत गरिएको थियो ।

सडक नाटकलाई अवलोकन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सान्दर्भिक बिषयबस्तुलाई समेटेर बनाएको सडक नाटक मार्मिक भएको बताउनु भयो । शिक्षा , स्वास्थ्य , लैंगिक विभेद , वातावरण लगाएतका बिषयहरुको बिषयमा अभियान संचालन गर्दै आएको इन्सेकले बिभिन्न संजालहरु गठन गर्दै समाजलाई सचेतीकरण गर्नु अफैंमा महत्वपूर्ण भएको बताउनु भयो । उहाँले स्थानियतहहरुले समेत यस्ता बिषयहरुमा कार्यक्रमहरु संचालन गर्दा ग्रामिण क्षेत्रका नागरिकहरु तथा अभिभावकहरुमा परिवर्तन आउने बिश्वास व्यक्त गर्नुभयो ।

मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले बालबालिकाहरुले बाल विवाह , बहुविवाह , दाईजो प्रथा , शिक्षाको अधिकार, स्वास्थ्को अधिकार , वातावरणको अधिकार , लैंगिक विभेद लगाएतका बिषयमा सचेतना मुलक नाटक प्रदर्शनले आम नागरिकलाई सचेत बनाउने र बढदो आत्महत्यालाई न्यूनिकरणका लागि टेवा पुग्ने बताउनु भयो ।

यसैगरी बिद्यालयका प्रधानाध्यापक दिवाकर प्रसाद चौधरीले बालबालिकाहरुले प्रदर्शन गरेको सडक नाटकले स्थानिय तथा अभिभावकहरु सचेत हुने बिश्वास व्यक्त गर्नुभयो ।

यस्तै महिला तथा बालबालिका माथि हुने हिंसा विरूद्ध आवाज उठान गर्नका निम्ति यस्ता कार्यक्रमहरु सम्पूर्ण हुने बाल संरक्षक शिक्षक रामशरण चौधरीले बताउनु भयो । सामाज घट्ने यथार्थ परक नाटकलाई समेट्ने खाल्को बिषयबस्तु भएको हुँदा यसलाई अभियानको रुपामा नगरका सम्पूर्ण वडाहरुमा प्रदर्शन गर्न सके गाउँगाउँका जनता सचेत हुने र बालबालिकाहरु आफ्नो अधिकारबाट बञ्चित नहुने चौधरीले बताउनु भयो ।

स्थानिय समुदायलाई सचेतपार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले बाल अधिकार चेतना समूहले प्रर्दशन गरेको सडक नाटकमा नगर प्रमुख सुदिप पौडेल , सहायक प्रमुख जिल्ला अकिारी अनिल पौडेल , निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद ज्ञवाली , वडा नं. १ का वडा सदस्य बिष्णु प्रसाद बारी , माहुरी होम कपिलवस्तुका बरिष्ठ उपाध्यक्ष रामदयाल ठाकुर , बरिष्ठ मानव अधिकारकर्मी पशुपत्तिमणी त्रिपाठी , मानव अधिकार समूहका पदाधिकारीहरु , संचारकर्मी , सुरक्षाकर्मी , शिक्षक , बिद्यार्थीहरु लगाएतको सहभागिता रहेको थियो ।

सडक प्रदर्शन नाटक मानव अधिकार समूहका सदस्य कृष्ण अग्रहरीको सहजीकरणमा बाल अधिकार चेतना समूहका अध्यक्ष आशिष कुमार रैदासको संयोजकत्वमा १२ जना समूहका टालीले नाटक प्रदर्शनमा भाग लिएका थिए । जिल्ला प्रशासन चोकमा भएको सडक नाटकमा इन्सेक प्रतिनिधी पार्वती आचार्यले इन्सेकको अभियानको बारेमा जानकारी दिनु भएको थियो ।