नेपालले लियो यूएईको तेस्रो विकेट

मेचीकाली संवाददाता

२ चैत्र २०७९, बिहीबार
175 shares

काठमाडौँ । विश्वकप क्रिकेट लिग(टूको आफ्नो अन्तिम खेलमा नेपाल युएईसँग खेलिरहेको छ । कीर्तिपुरमा युएईले टस जितेर ब्याटिङ रोजेपछि पहिले बलिङ गरिररहेको नेपालले तेस्रो सफलता हात पारेको छ ।

२३ औँ ओभरमा यूएईका रिजवान रनआउट हुनुभयो । दीपेन्द्रसिंह ऐरीको बलमा उहाँ रन आउट हुनुभयो । यसअघि आक्रामक ब्याटर मोहम्मद वासिम सन्दीप लामिछानेको बेलमा आउट हुनुभएको थियो उहाँले ४७ बलमा ६३ रन बनाउनुभएको थियो । यस्तै पहिलो विकेट ललित राजवंशीले तेस्रो ओभरमा लिनुभएको थियो । उहाँले यूएईका आर्यन लाक्रालाई ६ रनमा आउट गर्नुभयो ।

२३ ‌औँ ओभरको खेल चल्दै गर्दा यूएईले २ विकेट गुमाएर ११८ रन बनाएको छ ।

नेपालले आज युएईलाई पराजित गर्न सके आउँदो जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा खेल्न पाउनेछ। पराजित भएमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्ले अफ खेल्नुपर्ने छ । नेपाल ३५ खेलमा ३८ अङ्कसहित चौथो स्थानमा छ । नामिबिया ३६ खेलमा ३९ अङ्कका साथ तेस्रो स्थानमा छ। आजको खेल नतिजाविहीन भए नेपाल र नामिबिया दुवैको ३९–३९ अंक हुनेछ। जित प्रतिशतका आधारमा नामिबिया विश्वकप छनोट खेल्नेछ ।