नेपाललाई अर्को सफलता, ऐरीले लिए पाँचौ विकेट

मेचीकाली संवाददाता

२ चैत्र २०७९, बिहीबार
237 shares

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले पाँचौ विकेट गुमाएको छ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले पाँचौ सफलता दिलाएका हुन्। उनले ३८ औं ओभरको तेस्रो बलमा रोहन मुस्तफालाई एलबिडब्लुको धरापमा पारे।

मुस्तफाले ३२ बलमा ३ चौकासहित २० रन बनाएका थिए।  

उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले पहिलो पावरप्लेमा १ विकेट गुमाएर ६१ रन बनाएको थियो। १६.५ ओभरमा १०० रन पूरा गरेको युएईले ३४ ओभरमा ४ विकेट गुमाएर १५० रन पूरा गर्‍यो। 

उसका लागि कप्तान मोहम्मद वासिमले आक्रमक ब्याटिङ गर्दै अर्धसतक बनाएर आउट भए।  उनले ४९ बलमा २ चौका र ६ छक्कासहित ६३ रन बनाए।

यस्तै वृत्य अरबिन्दलेले पनि अर्धसतक पूरा गरेका छन्। उनले ८७ बलमा ४ चौका र १ छक्कासहित ५० रन पूरा गरेका हुन्। 

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ तथा ललितनारायण राजबंशी र सन्दीप लामिछानेले १-१ विकेट लिए। युएईले १ विकेट रन आउटका रूपमा गुमाएको थियो। 

घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।