स्थापना दिवसको शुभ अवसरमा युनाइटेडमा आज विभिन्न कार्यक्रम हुदै

मेचीकाली संवाददाता

३ चैत्र २०७९, शुक्रबार
66 shares


बुटवल ,चैत्र ३

रुपन्देहीको बुटवल उपमहानगर पालिका – १८ दुवौली स्थित युनाईटेड इङलिस बोर्डिङ स्कुलमा आज आफ्नो विद्यालयको १३ औं स्थापना दिवसको शुभ अवसरमा खाना महोत्सवसहित सास्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगिता गर्ने भएको छ।हिजो विद्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिएको छ।

२०६६ मा स्थापित भएको भएको विद्यालयले
ब्यवहारिक,नैतिक र गुणात्मक शिक्षाका लागि तत्पर रहदै विद्यार्थीहरुको अन्तर्निहित प्रतिभाको प्रष्फुटनका निम्ति विद्यालयको स्थापनाको अवसर पारी कार्यक्रम आयोजना गर्न लागिएको प्रबन्ध निर्देशक रामकृष्ण खनालले बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुबाट निर्मित,सेलरोटी, बटुक, मम,चुकौनी ,परौठा,स्याडविच लगायतका विभिन्न स्वादिष्ट परिकार खाना महोत्सवको आकर्षणको रुपमा रहने उहाले बताउनुभयो ।
खाना महोत्सवको साथमा विद्यार्थीहरुको अन्तर्निहित प्रतिभाहरु उजागर गराउनका निम्ति विभिन्न खेल प्रतियोगिता,बौद्धिक प्रतियोगिताहरुको आयोजना गरिएको छ।
कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने निर्देशक खनालले बताउनुभयो ।

विद्यालयकी प्राचार्य सीता न्यौपाने खनालले विद्यालयको बारेमा जानकारी गराउदै विद्यालय ग्रामिण क्षेत्रमा अन्तरास्ट्रिय स्तरको Iso मान्यता प्राप्त गरेको एक उत्कृष्ट शैक्षिक गन्तव्य भएको बताउनुभयो ।

ग्रामीण क्षेत्रमा कुनै पनि सेवा सुबिधाबाट बन्चित नगराइ विद्यार्थीहरुलाई शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर लागेको बताउनुभयो ।
कार्यक्रममा ३ लाखको खर्च हुने विद्यालयको अनुमान गरेको छ भने १ हजार ५ सय दर्शकहरुले कार्यक्रमको अवलोकन गर्ने शिक्षक उदयराज न्यौपानेले बताउनुभयो ।