अर्घाखाँचीमा जिप दुर्घटनाः ७ जना घाइते

मेचीकाली संवाददाता

३ चैत्र २०७९, शुक्रबार
534 shares

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा जिप दुर्घटना भएको छ ।

बुटवलबाट सन्धिखर्क जाँदै गरेको लंका यातायातको लु १ ज १४४० नम्बरको जिप शितगंगा–४ गोर्थुममा दुर्घटना भएको हो । दुर्घटनामा परी ७ जना घाईते भएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मिले जानकारी दिए ।

घाइते हुनेमा जिप चालक बिक्रम नेपाली, कपिलवस्तु बाणगंगा –७ का चन्द्र बहादुर खत्री, अर्घाखाँची शितगंगा–२ का मिना थापा, मालारानी–५ बागीका रेमा भुसाल, मालारानी–५ का पोम नारायण भुसाल, मालारानी–५ का कृष्ण प्रसाद भुसाल र प्युठान झिमरुक गाउँपालिका–१ का अशोक नेपाली रहेका छन् ।

जिप चालक नेपाली र बाणगंगाका खत्रीलाई थप उपचारका लागि बुटवल पठाइएको छ । अन्य घाइतेको अबस्था सामान्य रहेको छ ।