वन डढेलो सप्ताहमा अन्तरक्रिया सम्पन्न

मेचीकाली संवाददाता

४ चैत्र २०७९, शनिबार
231 shares

पार्वती आचार्य

कपिलवस्तु । ‘वन डढेलो बाट जंगल जोगाउ, जैविक बिविधताको संरक्षण गरौं’ भन्ने नाराको साथ वैज्ञानिक बन व्यवस्थापन जिल्ला महासंघ र डिभिजन बन कार्यालय कपिलवस्तुको संयूक्त आयोजनामा वन डढेलो सप्ताह कार्यक्रम मनाइएको छ ।

कार्यक्रमलाई संबोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजनल वन अधिकृत विजयराज सुवेदीले नेपालसहित विश्वमा नै वन जगंलको क्षेत्र तिव्र रुपमा मासिदै गएको अवस्थामा आम उपभोक्ताले वन जगंललाई जोगाउनु प्रमुख दायित्व भएको बताए ।

यस्तै जगंलमा आगो लाग्दा वातावरण प्रदूषण हुने, विरुवा मासिने, मर्ने जैविक बिविधतामा ह्रास आउने, जगंली जनावर, विभिन्न किरा फट्याङ्ग्रा मर्ने, तिनको वासस्थान लोपहुँदै जाने भएको हुँदा यस्तो कार्य गर्न नहुने साथै यसको संरक्षण सबैले गर्नुपर्ने बताए ।

त्यस्तै वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासघंकी अध्यक्ष रेनु सेनले कपिलवस्तुका विभिन्न वनमा विगतका वर्षहरुमा आगो लागेर ठुलो क्षति हुने गरेकोले अवका दिनमा वन जगंलमा लाग्ने डढेलोलाई नियन्त्रण गर्न वन डढेलो सम्बन्धी सचेतना सप्ताह कार्यक्रमको आयोजना गरिएको बताइन् । वन डढेलोले वनमा मात्र नभएर मानव बस्तीमा पनि ठुलो क्षती हुने भएको हुँदा यसको रोकथामको लागि विशेष गरी फागुनदेखि जेठ महिना सम्म आम उपभोक्ताहरु सचेत हुन जरुरी देखिएको अध्यक्ष सेनले बताइन् ।

कार्यक्रममा त्रिसुली सामुदायिक वनका अध्यक्ष निलकुमार श्रेष्ठले सामुदायिक वनहरु एकजुट भई वन डढेलो मात्र नभई अन्य कार्यक्रमहरुमा पनि हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताए ।

कार्यक्रममा विभिन्न सामुदायिक वनका उपभोक्ताहरुले डढेलो बाट जंगल जोगाआँै, जैविक विविधताको संरक्षण गरौँ, डढेलो बाट वन जोगाऔँ, वन जङ्गलमा डढेलो लाग्न नदिऔँ, लागि हालेमा सम्पूर्ण उपभोक्ता मिलि तुरुन्त निभाऔँ, वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण लगायतका नारा लेखिएका प्लेकार्डसहित सचेतनामूलक ¥यारी वन सप्ताहको चौथो दिन वैज्ञानिक वन व्यवस्थापन महासंघको केन्द्रिय कार्यलय बाणगंगा नगरपालिका–४ जितपुरमा अन्तक्र्रिया तथा छलफल गरी सोपश्चात कार्यालयबाट प्लेकार्डसहित निकालिएको ¥याली चारनम्बरको बुधचोकलाई परिक्रमा गरी कोणसभामा परिणत गरिएको थियो ।

६ वटा सव डिभिजन वन कार्यालयका प्रमख तथा प्रतिनिधि, ६ वटा सव डिभिजन वनभित्रका विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, उपभोक्ताहरु लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खिलबहादुर तामाङको स्वागत तथा वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ कपिलवस्तुका सहसचिव डिल्लिराज रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।