उद्योग व्यापार संघ कपिलवस्तुको नियमित मासिक बैठक

मेचीकाली संवाददाता

४ चैत्र २०७९, शनिबार
357 shares

बसन्ती आचार्य

कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुको नियमित मासिक बैठक सम्पन्न भएको छ । संघ को आफ्नै कार्यलयमा विभिन्न महत्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

संघ ले आगामी नयाँ बर्षको अबसर पारेर क्यालेन्डर बिमोचन सङ्गै शुभकामना आदानप्रदान कार्यक्रम तय गरेको छ । त्यसैगरी लोकतन्त्र दिवसको अबसरमा ०८० साल बैशाख ११ गते बृहत रक्तदान कार्यक्रम गर्न रेवता पौडेलको संयोजकत्वमा गिता पौडेल र मुक्तिराम कडेल सदस्य रहेको समिति गठन गरेको उद्योग ब्यापार संघ कपिलवस्तुले जानकारी दिएको छ ।

कार्यसमितिमा थप २ जना मनोनीत गरि पुर्णता प्रदान गरियको छ भने कानुनी सल्लाहकार, बित्त सल्लाहकार सहित थप ७ जना सल्लाहकार समेत मनोनीत गर्ने निर्णय गरियको छ । त्यसैगरी आगामी बर्षको महोत्सवको तयारीलाई तिब्ररुपमा अगाडी बढाउने निर्णय गरियको छ ।

बैठकमा सस्थाका निबर्तमान अध्यक्ष हुमनाथ पौडेल, संरक्षक टोपनारायण बेल्बासेले बर्तमान अबस्था र कार्यक्रमको भुमिकाको बिषयमा धारणा राख्नु भएको थियो । बैठक संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) को अध्यक्षता तथा सचिब शिशिर पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।