यज्ञोदयमा नेविसंघको प्यानल विजयी

मेचीकाली संवाददाता

६ चैत्र २०७९, सोमबार
273 shares


फर्साटिकर । रुपन्देहीको शुद्धोधनमा रहेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघबाट महेश चौधरीको नेतृत्वमा प्यानल नै निर्वाचित भएको छ ।

चौधरीले ४०३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी संयुक्त प्यानलका समुद्र बगालेले १८१ मत ल्याएको निर्वाचन अधिकृत भिमप्रसाद सापकोटाले जानकारी दिए ।
सचिवमा नेविसंघका आदेश रानाले ३९० मत ल्याएर विजय भए भने संयुक्त प्यानलबाट अखिल ढकालले १८७ मत पाए । कोषाध्यक्षमा रामनाथ यादवले ३५५ मत ल्याएर निर्वाचित हुँदा सुमन थापाले २१७ मत पाए ।

खुल्ला सदस्यहरुमा राजन खनाल, हरिप्रसाद खनाल, निशादेवी थारु, आनन्द तिवारी र सागर सारु निर्वाचित भएका छन् । यहाँ अनेरास्ववियु, अनेरास्ववियु (क्रन्तिकारी) र प्रजातान्त्रिक विद्यार्थी युनियन बिच तालमेल थियो भने नेविसंघ एकल प्रतिस्पर्धामा थियो । क्याम्पसमा ६८५ जना विद्यार्थी रहेकोमा आइतबार सम्पन्न निर्वाचनमा ५९१ जनाले मतदानमा भाग लिएका थिए ।