यामाहाको ‘महा एक्सेन्ज मेला’मा ग्राहकको उत्साहजनक सहभागिता

मेचीकाली संवाददाता

७ चैत्र २०७९, मंगलवार
178 shares

बुटवल । नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज र बुटवल बाइकर्स प्रालिद्वारा बुटवलमा आयोजित ‘महा एक्सेन्ज मेला’मा ग्राहकको उत्साहजनक सहभागिता देखिएको छ ।

यही चैत ५ गतेबाट बुटवल सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केट अगाडि भइरहेको एक्सेन्ज मेलामा ग्राहकहरु बढ्दै गएको एरिया सेल्स म्यानेजर सुवाष देवकोटाले जानकारी दिए । उक्त मेला आगामी १० गतेसम्म चल्ने छ ।

उक्त एक्सेन्ज मेलामा थुप्रै सुविधा र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ । मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिनेछ ।

उक्त एक्सेन्ज मेलामा सहभागी ग्राहकले स्क्रयाच कार्डमार्फत रु. ७ हजारदेखि एक लाखसम्म नगद जित्न सक्नेछन् । साथै फ्रि एसोसिरिजअन्तर्गत, ब्याग, कभर र पञ्जासमेत पाउने एरिया सेल्स म्यानेजर देवकोटाले बताए ।