लुम्बिनी सहकारीको विस्तारित मञ्च बैठक

मेचीकाली संवाददाता

७ चैत्र २०७९, मंगलवार
205 shares

बुटवल । बुटवल–४, स्थित लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘विस्तारित मञ्च बैठक’ कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको सभापतित्व, राष्ट्रिय सहकारी महासंघका संचालक तथा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिमप्रसाद तुलाचनको प्रमुख आतिथ्यमा, नेफस्कून फिल्ड कार्यालय बुटवलका व्यवस्थापक छत्र धमलाको विशिष्ठ आतिथ्यमा, संस्थाका पदाधिकारी, उपसमितिका पदाधिकारीहरु, दिदी वहिनी समूहका पदाधिकारीहरु तथा सदस्यहरु र कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम भएको हो ।

संस्थाका अध्यक्ष श्रेष्ठले कार्यक्रमबारे प्रकाश पारेका थिए । उक्त कार्यक्रममा बेलवास सेवा केन्द्रका ब्यवस्थापक हरि पाठक, देवीनगर सेवा केन्द्रका ब्यवस्थापक राजेश पराजुली, भलुही सेवा केन्द्रका व्यवस्थापक श्याम प्रसाद राजभण्डारी र प्रधान कार्यालय बुटवलका व्यवस्थापक विनोद प्रताप जबराले आ–आफ्नो कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुको साथै सेवा केन्द्रहरुको गतिविधिको वारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा दिदीबहिनी समूहका सदस्यहरु शुसिला घिमिरे, लक्ष्मी श्रेष्ठ, अम्बिका पौडेल, शोभा विक. र सञ्चालक सदस्य अर्जुनमान सैजूले आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि तुलाचन र विशिष्ठ अतिथि धमलाले सुझावसहित आआफ्नो मन्तव्य राखेका थिए भने डा.द्वारिकाप्रसाद प्रधानले धन्यवाद दिई कार्यक्रम समापन गरे ।

सोही अवसरमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिमप्रसाद तुलाचनलाई संस्थाकोे रजत जयन्ती वर्षको अवसरमा प्रदान गरिने सहकारी अभियन्ताको उपाधीबाट सम्मान गरिएको थियो । महिला उपसमिति संयोजक सुजिता शेरचनको स्वागत र संस्थाका ब्यवस्थापक विनोदप्रताप जबराको सञ्चालनमा कार्यक्रम भएको थियो ।