मायादेवीमा मेलमिलाप सम्बन्धि तालिम

मेचीकाली संवाददाता

९ चैत्र २०७९, बिहीबार
227 shares


तुलसीराम पौडेल —=
मायादेवी ,चैत ९
रुपन्देहीको मायादेवी गाउँपालिकामा मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धि २ दिने पुनर्ताजगी तालिम बिहीबार एक कार्यक्रमका बीच शुरु भयो ।न्याय समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष नर्मदा देवि उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले यस तालिमबाट गाउँ घरमा आइपर्ने झै झगडा तथा मुद्दा अदालत नगैकन वडा स्तर तथा पालिकामै मिलाउन सहज हुने बताउनु भयो।दुई दिनसम्म चल्ने तालीमको सहजीकरण अधिवक्ता श्याम अर्याल र मनोज कुमार चौधरीले गर्नुहुनेछ। तालिममा गाउँपालिकाका सम्पूर्ण वडाका गरि ३५ जना मेलमिलाप कर्ताहरु सहभागी भएका थिए ।