‘व्यवसायीका समस्याप्रति जिम्मेवार र प्रतिबद्ध छौं

मेचीकाली संवाददाता

११ चैत्र २०७९, शनिबार
295 shares

२०४० साल फागुन १६ गते अर्घाखाँची जिल्लाको साविक हंसपुर गाविसमा जन्मनुभएका प्रदिप मिश्रले विभिन्न संघ संस्थाको नेतृत्व गरिसकेका छन् । २०६७ सालमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ हललाइनमा मिश्र सप्लायर्स सञ्चालन गरी व्यवसायमा दक्षता र नम्रताका साथ जिल्लावासीलाई सेवा दिई उद्योगीको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका मिश्रले उद्योग वाणिज्य संघ अर्घाखाँचीको एक कार्यकाल महासचिवको जिम्मेवारी समालीसकेका छन् भने हालै सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष मिश्रसँग जिल्लाका उद्योगी व्यवसायीका समस्या, अबको उद्योग वाणिज्य संघ कस्तो रहनेलगायतका विषयबस्तुलाई लिएर मेचीकालीकर्मी अनिल नेपालीले गरेको कुराकानीको सारसंक्षेपः

तपाईं भर्खरै मात्र उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ । यो जिम्मेवारीलाई कसरी लिनुभएको छ ?
मलाई सर्वप्रथम महत्वपूर्ण जिम्मेवारी दिलाउनको लागि प्रयास गनुभएका जिल्लाका उद्योगी व्यवसायी सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहान्छु । यो जिम्मेवारीलाई सफतामा पु¥याउनका लागि निरन्तर रुपमा लागिरहने छु र लागिरहेको छु । अहिले देशमा कोभिडपश्चात् जिल्लामा अर्थतन्त्र कमजोर भएको अवस्थामा प्रत्यक्ष रुपमा जिल्लाका सम्पूर्ण उद्योग व्यवसायहरु उत्पादन र विक्रीमा कम्तीमा ६५ प्रतिशत गिराबट आएको छ । बंैक तथा वित्तीय संस्थाहरुले बढाएको व्याजदरका कारण व्यवसायीहरु बंैक तथा वित्तीय सस्थाहरुको चपेटामा परेर समयमै सावा र व्याज भुक्तानी गर्न नसकेको कारण आत्महत्या गनुपर्ने अवस्थामा पुगेका छन् । यस अवस्थालाई सहजीकरण गर्नको निम्ति व्यवसायीहरुलाई माथि उठाउनका निम्ति अर्घाखाँची उद्योग वाणिज्य सघले विभिन्न बंैक तथा वित्तीय संस्थाहरु र सरोकारवाला निकायहरुसँग छलफल गर्ने, समयसमयमै ज्ञापनपत्र बुझाउनुको साथै विभिन्न खालका संघर्षका कार्यक्रम आयोजना गरेर उद्योगी व्यवसायीको हकहितको निम्ति अर्घाखाँची उद्योग वाणिज्य सघ प्रभावकारी कार्यक्रमसहित अगाडि बढेको छ । व्यवसायीका समस्याप्रति अर्घाखाँची उद्योग वाणिज्य संघ जहिलेपनि कटिबद्ध छ रहने प्रतिबद्धतासहित अगाडि बढ्छ ।

तपाईं अध्यक्षमा निर्वाचित भएपछि उद्योगीको हकहितको लागि के के गर्नुभयो ?
म अध्यक्षमा निर्वाचित भएपछि खासगरी उद्योगीको मागअनुसार जिल्लामा करदाता शिक्षा कार्यक्रम प्रभाबकारी रुपमा अगाडि बढाउनुको साथै बजार व्यवस्थापन बजारमा एकरुपता मूल्य समायोजन उपमोक्ताको हकहितको निम्ति विभिन्न खालका जनचेतनामूलक कार्यक्रम, कार्यालय व्यवस्थापन र स्तरउन्नतिको लागि विभिन्न कार्ययोजनासहित अगाडि बढेको छु ।

उद्योग वाणिज्य संघ र अन्य निजी क्षेत्रका संघसंस्थाबिच के फरक छ ?
उद्योग वाणिज्य संघ र अन्य निजी क्षेत्रका संघ संस्थाका बीचमा उस्तैउस्तै देखिएको भएतापनि जिल्लामा असहजतालाई सहजता प्रदान गर्नेगरी र अभिभावकीय भूमिका निर्वाह गर्ने गरी विभिन्न संघसंस्थाको सहकार्यमा अगाडि बढेका छौँ । यसले गर्दा जिल्लाका उद्योगी व्यवसायीले कुन संस्थाले हाम्रो पक्षमा हित गर्छ गर्दैन भनेर चिन्नुभएको छ । आफैँ गोलबन्द हुनुभएको छ । संस्था जन्माउनुभन्दा सस्थालाई संरक्षण गर्नु र अभिभावकीय भूमिका निर्वाह गर्ने संघसंस्थाको रुपमा जिल्लाका व्यवसायीले उद्योग वाणिज्य संघलाई चिन्नुभएको छ ।

महँगीका कारण अहिले सर्वसाधारणको दैनिकी नै सकसपूर्ण बनेको छ । यो अवस्था खासगरी कसरी आयो ?
अहिले हाम्रो मुलुकमा मात्र नभएर विश्वभरि नै महँगी बढेको छ । यस्तो अवस्था आउनुको प्रमुख कारण कोभिड र अस्थिर सरकार नै हो । महामारीका कारण अर्थतन्त्रको चेन टुटेको अवस्था थियो । बल्ल तंग्रिएर अर्थतन्त्र चलायमान हुन थालेको बेला अन्तराष्ट्रिय, राष्ट्रियस्तरमा हलचल चल्यो । त्यसले विश्वभरि उपभोग्य वस्तुको मूल्य आकासियो । विशेषगरी पेट्रोलियम पदार्थको मूल्य महँगिएको छ । पेट्रोलियम पदार्थको भाउ बढ्दा अन्य वस्तु पनि महंगो हुन्छ । पेट्रोलियम पदार्थको विकल्प दिने हो भने मात्र महँगी नियन्त्रण हुनसक्छ । विद्युत्को उत्पादन बढाएर पेट्रोलियम विकल्प दिन सकिन्छ । अहिले हाम्रो देशमा प्रशस्त मात्रमा विद्युत् उत्पादन भएको छ । पुग्दोसम्म देशलाई राखेर निर्यात गर्न सकिन्छ । नेपाल कृषिप्रधान देश भएर पनि वर्षेनी अर्बभन्दा माथिको खाद्यान्न आयात गरिरहेका छौं । हामी कृषिमा आत्मनिर्भर बन्नुपर्छ । यसका साथै हामीसँग भएको श्रोत र साधन जे छ त्यसलाई प्रयोग गरेर आयात घाटा कम गर्न सकिन्छ । जस्तो, प्राकृतिक स्रोत, जडीबुटीलगायत विभिन्न वस्तु प्रशोधन गरेर निर्यात गर्ने, कच्चा पदार्थमा नयाँ किसिमका उद्यममा जोड दिने गरेर मुलुकलाई आत्मनिर्भरतर्फ लैजान आवश्यक छ

देशलाई आर्थिक पुनत्र्थानतर्फ लैजान उद्योग वाणिज्य संघको भूमिका कस्तो छ ?
उद्योग वाणिज्य संघ भनेको देशको उद्यम व्यवसायमा सहयोगी भूमिका खेल्ने संस्था हो । अहिले विचौलियाको कारण बढेको महँगी नियन्त्रणका लागि उद्योग वाणिज्य संघले जनस्तरमै पुगेर अध्ययन तथा अनुसन्धान गरेको छ । हामीले स्थानीय उद्योगी व्यवसायी लाई प्रोत्साह गरी बजारसम्म ल्याउन र विचौलियारहित बनाउन जरुरी छ ।

विभिन्न बाहनामा व्यवसायीहरु दोहोरो कर तिर्नुपरेको छ । त्यसलाई न्यूनीकरण गर्नका लागि तपाईंको संस्थाले के भूमिका खेल्छ ?
व्यवसायीहरुको समस्याप्रति हामी जिम्मेबार रहेकै कारण दोहोर करलाई एककोहोरो कर प्रणाली बनाउनको लागि करको दायरा प्रभावकारी र मितव्ययी बनाउनको लागि हामी छलफल र स्थानीय सरकारको साझेदारीमा स्रोत र साधनको पहिचानसहित लागेका छौँ ।

तरलता अभावको समस्या समाधान नहुँदा व्यवसायी मारमा परेका छन् । तपाईंहरू कसरी यो समस्यासँग जुधिरहनुभएको छ ?
यो अर्घाखाँचीका उद्योगी व्यापारीको मात्र समस्या मात्र नभएर देशकै समस्या हो । जनताले पनि यसको दुःख भोगेका छन् । बैंकहरूले पैसा दिन नसक्दा बजार भाउ बढेको छ । यसलाई सुधार गर्नको लागि सर्वप्रथम सरकारमा स्थाथीत्व आवश्यक छ । तर सरकारमा आएको हलचलका कारणले मुलुकमा अर्थतन्त्रमा गिरावट आएको छ । यसमा सबै संवेदनशील हुन जरुरी छ । यसको लागि सरकारले ठोस र प्रभावकारी कार्यक्रमसहित अगाडि बढ्नुपर्छ । यसको लागि राज्यमा ठोस नीति तथा कार्यक्रम आवश्यक छ । अहिले राज्यसँग ठोस नीति कार्यक्रम नहुँदा सरकारमा रहेको अस्थििरताका कारणले देशमा अहिलेको वर्तमान अवस्था सिर्जना भएको हो । यसलाई न्यूनीकरण गर्नको लागि सबै सरोकारवाला निकाय र निजी क्षेत्र संवेदनशील र जिम्मेवार हुन आवश्यक जरुरी छ ।

अहिले देखिएको आर्थिक समस्यालाई तपाईंले नजिकबाट हेरिरहनुभएको छ । यसलाई सम्बोधन गर्न सरकारले कस्ता कार्यक्रम ल्याउनुपर्छ ?
हामीले अहिले भइरहेका आर्थिक रुपमा भड्किला कामहरूलाई रोक्नै पर्छ । मुलुकमा विकास बजेट समयमा नखर्चिने अवस्थामा सुधार हुनुपर्छ । तरलता अभाव हटाउनेदेखि रोजगारी सिर्जना गर्नेतर्फ काम गर्नुपर्छ । विकास खर्च बढ्यो भने यसले बजारमा पैसा जान्छ । आर्थिक संकटबाट पार पाउन केही सजिलो हुन्छ । विनियोजित विकास खर्च कति भयो भनेर हरेक तीन महिनामा अनुगमन गर्नुपर्छ । जसरी मौद्रिक नीतिको रिभ्यु हरेक तीन महिनामा हुन्छ, अब विकास खर्चका लागि पनि यस्तै अभ्यास थाल्नुपर्छ । नत्र जनताले तिरेको राजश्व असारको अन्तिममा गएर पानीमा बगाउने काम मात्र हुन्छ ।

अर्घाखाँचीमा उद्योगको लागि विभिन्न सम्भावना हुँदाहुँदै उद्योगको विकास हुन सकेन, किन ?
अर्घाखाँची जिल्ला उद्योगको क्षेत्रमा पर्यटनको क्षेत्रमा सम्भाबना बोकेको जिल्ला हुँदाहुँदै पनि चाहेअनुसार विकास हुन सकेको छैन । वनको क्षेत्रमा प्रशस्त सम्भावना रहेको जिल्लामा अहिले १ अर्बभन्दा माथिको काठ वर्षेनी कुहिएर सडेर गएको छ । पर्यटन क्षेत्रको उचित ठोस हुन सकेको छैन भने देशमा अस्थिरताका कारणले गर्दा उद्योगी व्यवसायीले आफ्नो क्षेत्रमा लगानी गर्न सक्नुभएको छैन । यसले गर्दा जिल्लामा चाहेअनुसार उद्योग क्षेत्रको विकास हुन सकेको छैन ।

जिल्लामा उद्योगको विकास गर्न के गर्नुपर्छ ?
जिल्लामा उद्योगको विकास गर्नको लागि देशमा राजनीतिक स्थायित्व आवश्यक छ । मुलुकमा अस्थिरता भयो भने व्यवसायीले लगानी गर्ने वातारण बन्न सक्दैन । त्यसकारणले संघीय सरकारमा स्थिरता प्रदेश र स्थानीय सरकार एक आपसमा समन्वयात्मक परिपूरक ढङ्गले लागेर यसको विकास र विस्तारको लागि सबैले प्रयत्न गनुपर्छ । त्यसो गर्न सकेको खण्डमा जिल्लामा उद्योगको विकास हुन्छ । रोजगारी सिर्जना गर्न सकिन्छ, बेरोजगारीको अन्त्य हुन्छ । अर्थतन्त्र अनुत्पादनमूलक क्षेत्रमा भन्दा उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बन्छ ।

पहिलाको उद्योग वाणिज्य संघ र तपाईं निर्वाचित भएपछिको उद्योग वाणिज्य संघ कस्तो हुन्छ ?
पहिलाको उद्योग वाणिज्य सघ पनि चलायमान र व्यवयासीको हकहितप्रति प्रतिबद्ध नै थियो । अबको मेरो नेतृत्वमा भएको उद्योग वाणिज्य संघ फरक र स्मरणलायक हुन्छ । जिल्लामा अन्य संघसंस्था धेरै भएपनि व्यवसायीको हक हितको लागि लड्ने संस्थाको रुपमा उद्योग वाणिज्य संघलाई चिनाउँछु । पदमात्रको नाममा रहेको संघसंस्था भन्दा व्यवसायीको हकतिको लड्ने संस्था भनेर अन्य संघसंस्थामा रहेका व्यवसायीलाई पनि एकीकृत गरेर एउटै संस्थाको रुपमा उद्योग वाणिज्य संघलाई चिनाउँछु ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
अन्त्यमा व्यवसायीलाई परेको भार र समस्याप्रति प्रतिबद्ध रहेर हाम्रो आवाजलाई जस्तातस्तै तपाईंको मिडियामा प्रकाशनको लागि धेरै धन्यवाद दिँदै निरन्तर सहयोगको लागि अपेक्षासहित आशावादी छु ।