बाल गृहमा जन्मउत्सव

मेचीकाली संवाददाता

११ चैत्र २०७९, शनिबार
312 shares

वसन्ती आचार्य

कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) तथा कार्यसमितिका सदस्य मुक्तिराम कडेलले आफ्नो जन्मदिन कपिलवस्तुको बाल गृहमा रहेका बालकहरु सङ्ग मनाउनु भएको छ । होटल तथा रेष्टुरेन्टमा जन्मदिन मनाउने प्रबृत्तिले बिकृति फैलाउँदै जाने भएको हुँदा परिवर्तन हामी बाट नै गर्नुपर्छ भन्ने उद्देश्यले कपिलवस्तु बाल गृहका बालकहरुसंग जन्म दिन मनाईएको अध्यक्ष पौडेलले बताउनु भयो ।

उद्योग ब्यापार संघले आफ्ना सदस्यहरुलाइ सामाजिक कार्यमा प्रेरित गर्ने उदेश्यले जन्मदिनमा सामाजिक क्रियाकलाप गर्ने निर्णय गरे अनुसार उक्त कार्यक्रम गरियको उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष पौडेल (कोपिल) ले बताउनु भयो ।

जहिले पनि समाजका लागि केही गरौ भन्ने भावनाले समाजमा केही सकारात्मक सन्देश प्रवाह होस भन्ने चाहना सहित बाल गृहमा केक काटेर जन्मोत्सव मनाइएको हो ।

जन्मउत्सवको अवसरमा कपिलवस्तु बाल गृहका ब्यवस्थापक राम प्रसाद अर्यालले जन्मदिनको शुभकामना दिदै (कोपिल) को सामाजिक भावना अनुकरणीय भएको बताउनु भयो । बिगत लामो समय देखि यस बाल गृहलाई प्रत्यक्ष ÷ अप्रत्यक्ष सहयोग पुर्याउदै आएको भन्दै पौडेल (कोपिल ) प्रति आभार व्यक्त गर्नु भएको छ ।

त्यसैगरी पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले जन्मदिनको शुभकामना दिदै उद्योग ब्यापार संघ , कपिलवस्तु जसरी सामाजिक क्रियाकलापमा सक्रिय सहभागि भएको छ । त्यो अन्य सामाजिक सस्थाको लागि पनि उदाहरणीय भएको बताउनु भयो । पौडेल ( कोपिल) को नेतृत्वमा यसले थप उचाइ हासिल गर्ने बताउँदै सामाजिक तथा जनचासोका हरेक सबालमा सदैब सहकार्य रहने बताउनु भयो ।

जन्मदिनको विशेष कार्यक्रममा उद्योग ब्यापार संघ कपिलवस्तुका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । खाद्य सामाग्री लगायतका सामाग्रीहरु उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल , कार्यसमिति सदस्य मुक्तिराम कडेल तथा सदस्य “ साफी एरियल “ का प्रोपाइटर कलामुद्धिन मुसलमानले सहयोग गर्नु भयेको थियो ।

कपिलवस्तु बाल गृहमा रु. २२ हजार भन्दा बढीको खाद्यान्य सामाग्री हस्तान्तरण गरिएको उद्योग ब्यापार संघ कपिलवस्तुका महासचिव बासुदेब खनालले जानकारी दिनुभयो ।