मायादेवीमा मानव अधिकार समूहको नियमित बैठक सम्पन्न

मेचीकाली संवाददाता

१२ चैत्र २०७९, आईतवार
295 shares

सुनिल आचार्य

कपिलवस्तु । इन्सेक द्वारा गठित मानव अधिकार समूह मायाँदेवीको नियमित बैठक सम्पन्न भएको छ । मानव अधिकार समूह मायाँदेवी गाउँपालिकाका अध्यक्ष सतिष प्रसाद पाण्डेयको अध्यक्षतामा चैत १२ गते मायाँदेवीको पकडीमा बैठक सम्पन्न गरिएको हो ।

बैठकमा समूहले योजना अनुसार सम्पन्न गरेका अभियानहरुको समिक्षा गर्दै सेवा प्रदायक निकायहरुको स्थलगत अनुगमन गर्ने र सो क्रममा देखिएका समस्याहरुको पहिचान गरी सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्ने लगाएतको निर्णयहरु भएको समूहका कोषाध्यक्ष अब्दुल्लाह मुसलमानले जानकारी दिनु भयो ।

समूहका अध्यक्ष पाण्डेयले शिक्षा , स्वास्थ्य , वातावरण , लैगिंक हिंसा , छुवाछुत लगाएतका सवालहरुमा देखिएका समस्याहरुलाई पहिचान गरी समाधानका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्ने प्रतिवद्धता जनाउनु भयो ।

समूहका सदस्य दिलिप कुमार बरईले बैठकमा शिक्षा , स्वास्थ्य , वातावरण , लैगिंक विभेद तथा जातिय विभेद लगाएतका अभियानहरु संचालन गर्न मानव अधिकार समूहले शसक्त रुपामा पैरवी गर्ने बताउनु भयो ।

मानव अधिकार समूह पाण्डेयको अध्यक्षतामा सम्पन्न बैठकमा समूहका कोषाध्यक्ष अब्दुल्लाह मुसलमान , सदस्यहरु दिलिप कुमार बरई , चम्पा केवट , समूहका सल्लाहकार हजरत मुसलमान , संचारकर्मी सुनिल आचार्य लगाएत समितीका पदाधिकारीहरुको सहभागिता रहेको बैठकको सहजीकरण इन्सेक प्रतिनिधी पार्वती आचार्यले गर्नु भएको थियो ।