एभरेष्ट बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

१३ चैत्र २०७९, सोमबार
539 shares

बुटवल । एभरेष्ट बैंक लिमिटेडले मार्च २० देखि २६ (चैत ६ देखि १२) सम्म बिभिन्न कार्यक्रम गरी ग्लोबल मनि वीक २०२३ मनाएको छ । बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी ग्लोबल मनि वीक मनाएको हो ।

यसै अबसरमा रुपन्देहीको बुटवल र भैरहवा शाखाले पनि वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी ग्लोबल मनि वीक २०२३ मनाएका छन् । बुटवल शाखाले बुटवल उपमहानगरपालिका १२ स्थित मायादेवी टेक्निकल कलेजमा डिप्लोमा प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा बैंकका लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुँईकेल, बुटलव शाखा प्रमुख नवीन पण्डित क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

यस्तै बैंकको भैरहवा शाखाले पनि ग्लोबल मनि वीक २०२३ को अवसरमा मायादेवि गाउँपालिका–५ गुरुवानी स्थित जगदम्बा स्पिनिङ मिल प्रालिमा त्यहाँका कर्मचारीहरुलाई लक्षित गरी वित्तीय साक्षरतासम्बन्धि कार्यक्रम सम्पन्न गरेको हो । उत्त कार्यक्रममा भैरहवा शाखा प्रमुख धुव्र प्रसाद आचार्य र दिपक कुमार बिजमायाको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमबाट युवा अवस्था देखी नै पैसा बुद्धिमानी पूर्वक व्यवस्थापन गर्न सिक्न, यसले भविष्यको लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पु¥याउने मदत गर्ने विश्वास बैंकले लिएको छ । साथै किशोर/किशोरी तथा युवा/युवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य हो ।

भारतको पञ्जाब नेशनल बैंकसँग संयुक्त साझेदार रहेको एभरेष्ट बैंक स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बन्न सफल भउको छ । यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।