मानव अधिकार समूहसँग छलफल

मेचीकाली संवाददाता

१५ चैत्र २०७९, बुधबार
177 shares

कपिलवस्तु । इन्सेकद्वारा गठित मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मीको अध्यक्षता तथा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतको प्रमुख आतिथ्यतामा छलफल भएको छ । बैठकमा प्रमुख अतिथी इन्सेक प्रदेश संयोजक महतले इन्सेकले लामो समय देखि मानव अधिकारको क्षेत्रमा अभियान संचालन गर्दै आएको बताउनु भयो ।

२०४५ साल देखि शिक्षा, स्वास्थ्य, खाद्य, आवास, लैंगिंक विभेद, जातिय विभेद र वातावरणीय लगाएतको क्षेत्रमा अन्यायमा परेमा पीडितहरुलाई कानुनी सहायता सम्म पु¥याउन सहयोग तथा समन्वय गर्दै आएको बताउनु भयो । अपांगता भएका बालबालिकाहरुको शिक्षामा पौंचको अवस्था, यौनिक तथा अल्पसंख्यकहरुका समस्याहरु लगाएतको बिषयमा अनुगमन गरि लुम्बिनी प्रदेशका बिषयगत मन्त्रालयहरुमा ध्यानाकर्षण गर्न समूहका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो ।

बैठकमा समूहका अध्यक्ष पुष्पा रेग्मीले समूह गठन भए पश्चात समूहले नगरपालिकामा सम्पन्न गरेका अभियान तथा कार्यहरुको बिषयमा जानकारी दिनु भयो । यस्तै समूहका उपाध्यक्ष नूर मोहम्मद मुसलमानले समाजमा घट्ने हिंसाहरुको स्थलगत अनुगमन गर्न जानका लागि सहज वातावरण नभएको हुँदा सोको व्यवस्थापन गरिदिन इन्सेक लुम्बिनी प्रदेश संयोजकलाई आग्रह गर्नु भयो ।

समूहका सदस्य औरीराम चौरासियाले अपांगता भएका तथा बहिरा बालबालिकाहरुका लागि बिद्यालयमा उचित व्यवस्था नभएको बताउनु भयो । साथै शिक्षा , स्वास्थ्य , खाद्य , जातिय विभेद , लैंगिक विभेद र वातावरणको क्षेत्रमा अभियानहरु संचालन गर्दै आई रहँदा अखाद्य बस्तुहरुको आयातलाई न्यूनिकरणका लागि बिशेष पहल गर्न जरुरी देखिएको बताउनु भयो ।

यसैगरी नव जिवन संस्थाका संयोजक तथा समूहका सदस्य प्रेरणा विष्टले यौनिक तथा अल्पसंख्यक समूदायलाई राज्यले अपहेलना गरेको बताउनु भयो । राज्यले तेश्रो लिंगिलाई हरेक क्षेत्रमा उपेक्षा गरेको बताउनु भयो । समूहका कोषाध्यक्ष सरिता कोरी , प्रमोद कुमार चौधरीले , ताहिरा खातुन र प्रेम सागर थारु लगाएतले शिक्षा क्षेत्रलाई सुधार गर्न बिद्यालय व्यवस्थापन समिती र प्रधानाध्यापकलाई सुझाव दिनुपर्नेमा जोडदिनु भयो ।

दक्षिण क्षेत्रका बिद्यालयमा शिक्षकहरुले बिद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा नदिएको , बिद्यालयको अनुपातमा शिक्षक नभएको बताउनु भयो । पुष्पा रेग्मीको अध्यक्षतामा सम्पन्न बैठकमा समूहका पदाधिकारीहरुको सहभागिता रहेको थियो उक्त बैठकको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्यले गर्नु भएको थियो ।