प्रहरी प्रमुखसँग मानव अधिकारको अवस्थाबारे छलफल

मेचीकाली संवाददाता

१५ चैत्र २०७९, बुधबार
174 shares

कपिलवस्तु । इन्सेक लुम्बिनी प्रदेश कार्यालय र कपिलवस्तु जिल्ला प्रतिनिधीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी प्रेम बहादुर बस्नेत र शसस्त्र प्रहरी कार्यालयका एसपी जिवन केसी संग भेटगरी जिल्लाको समग्र मानव अधिकारको अवस्थाको बारेमा जानकारी लिने कार्य गर्नु भएको छ । जिल्लामा हुने अपराधिक घटनाहरु , मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरुका सन्दर्भमा त्यसलाई न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो ।

कपिलवस्तु जिल्लामा विशेष गरी बाल विवाह, बहुविवाह, घरेलु हिंसा, लैंगिंक हिंसा र लागूपदार्थ दुव्र्यसनि लगाएतका घटनाहरुले बढी चिनिने जिल्ला भएको हुँनाले यस्ता किसिमका समस्याहरुको समाधानको लागि सम्बन्धित सरोकारवालाहरुको ध्यानाकषर्ण गराउने कार्यहरु गरिएको थियो । सोमा प्रहरीको अहम भूमिका रहने भएको हुनाले कानुन सम्वत समस्याहरुलाई हल गर्ने सन्दर्भमा दुवै प्रहरी प्रमुखहरुलाई इन्सेकले ध्यानाकर्षण गराएको छ ।

यस्तै इन्सेक द्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक र आवद्धिक रुपमा प्रकाशित गरिने बिभिन्न मानव अधिकार संग सम्बन्धित पुस्तकहरु इन्सेक प्रदेश संयोजक भोला महतले जिल्ला समन्वय प्रमुख , जिल्ला प्रहरी प्रमुखलाई हस्तान्तरण गर्नु भएको थियो ।