फर्साटिकर सिद्दार्थमा शनिबार DG School Certificate वितरण हुने

मेचीकाली संवाददाता

१७ चैत्र २०७९, शुक्रबार
197 shares


तुलसीराम पौडेल –=
फर्साटिकर, चैत्र १७
रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर सिद्दार्थ इङलिस बोर्डिङ स्कुलमा भोलि Great British qualification Award Celebration र DG school certificate वितरण कार्यक्रम हुने भएको छ।विद्यालयले बिहीबार पत्रकार सम्मेलन गरि शनिबार हुने कार्यक्रम बारे जानकारी दिएको हो। बिधालयका प्रबन्ध निर्देशक ॠषिराम बस्यालले विद्यालयमा नया र स्तरीय शैक्षिक कार्यक्रमहरु लागु गरि समय सापेक्ष शिक्षा दिन सफल भएको बताउनु भयो ।
विद्यालयका संचालक समिती सदस्य हुमराज ढकालले विद्यालयले विज्ञान प्रविधिलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।विद्यालयका प्राचार्य डिल्लीराम पौडेलले फर्साटिकर सिद्दार्थ इङलिस बोर्डिङ स्कुल Great British qualification बाट सम्मानित हुने पहिलो विद्यालय भएकोले अभिभावक ,विद्यार्थी र शिक्षकमा खुशी छाएको बताउनु भयो ।विद्यालयका सहायक प्राचार्य राजन पौडेलले शनिबारको कार्यक्रममा विद्यार्थीहरुले केहि Robotic Car हरु बनाएर देखाउने र कम्प्युटरमा game हरु बनाएर पनि देखाउने कार्यक्रम रहेकोे बताउनु भयो।