कतारकी राजकुमारीले स्याङ्जामा लिइन् प्याराग्लाइडिङ तालिम

मेचीकाली संवाददाता

१९ चैत्र २०७९, आईतवार
213 shares

मुक्ति न्यौपाने

वालिङ् । कतारकी राजकुमारी आस्मा अल्थानीले स्याङ्जाको भिरकोट नगरपालिका–५, बाट प्याराग्लाइडिङको तालिम लिएकी छिन् । अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न आएकि उनि मौसमको कारणले असफल भएपछि स्याङ्जाको सुरक्षा निकायले समेत थाहा नपाउने गरी गोप्य रूपमा अल्थानीले भिरकोट–५, महापुरमै बसेर पाँच दिनको प्याराग्लाइडिङको तालिम लिएकी हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि, रोकिएको प्याराग्लाइडिङ उडान रोकिदा उच्चस्तरकी पाहुना अल्थानीले भिरकोटमा प्याराग्लाइडिङ तालिम लिएकि हुन् ।

उडान भरेको तस्बिर ‘द बाबु एड्भेन्चर इन्टरनेसनल स्कुल’ भिरकोटले सार्वजनिक गरेको छ । विश्वकप प्याराग्लाइडिङ सफल भएको भिरकोटमा उच्च तहका पाहुना उडान र सिक्न आउनुले प्याराग्लाइडिङ केन्द्र स्याङ्जा भएको द बाबु एड्भेन्चर इन्टरनेसनल स्कुलका सञ्चालक सानुबाबु सुनुवारको भनाइ छ । राजकुमारी अल्थानीलाई ‘द बाबु एड्भेन्चर’ भिरकोटका सञ्चालक सुनुवारले प्याराग्लाइडिङमा उडान गराउनुका साथै उड्न र अवतरण गराउने सिकाएका थिए ।

सञ्चालक सानुबाबुले पाँच दिन अवतरणको तालिम दिएसँगै राजकुमारीले वालिङ नगरपालिका १, डौवाफाँटमा अवतरण गरेको सुनुवारले बताए । राजकुमारी अल्थानीकै आग्रहमा साहसिक कुरा भएकाले कसैलाई नभनी गोप्य राखेर तालिम लिएको सञ्चालक सुनुवारले बताए ।

राजकुमारिले डाँडाबाट ‘टेकअफ’ र मैदानमा सुरक्षित तवरले अवतरण बारेमा सिकेर पाँच मिनेटबाट २५ मिनेटसम्मको चारवटा उडान आफैं गरेको र अन्तिम उडान डौवाफाँटसम्म गरेकी थिइन् ।

राजकुमारिले आधारभूत पाइलट प्रशिक्षण एक साताको हुने भए पनि अल्थानीले प्याराग्लाइडिङ उडानको २० घण्टामै आधारभूत पाइलट प्रशिक्षण पूरा गरेको सुनुवारले बताए ।

उच्च तहका पाहुना भिरकोटमा आउने अल्थानी पहिलो भएको बताउँदै सुनुवारले राजकुमारीका लागि उपकरण स्कुलले उपलब्ध गराएको जानकारी गराए ।