फर्साटिकर सिद्दार्थमा DG Shool Certificate वितरण

मेचीकाली संवाददाता

१९ चैत्र २०७९, आईतवार
120 shares


तुलसीराम पौडेल —
फर्साटिकर, चैत १९
रुपन्देहीको शुद्दोधन गाउँपालिका –४ सौ फर्साटिकर स्थित फर्साटिकर सिद्दार्थ इङलिस बोर्डिङ स्कुलमा एक कार्यक्रमका बीच DG School Certificate वितरण गरिएको छ।फर्साटिकर सिद्दार्थ इङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरु Great British Qualification Award द्वारा पुरस्कृत भएका छन् ।
कार्यक्रममा NCC Education Uk द्वारा सम्बन्धन प्राप्त It र computer cording सग संबंधित कम्प्युटर शिक्षा DG School कम्पनी मार्फत Great British qualification Award को प्रमाणपत्र विद्यार्थीले प्राप्त गरेका हुन ।कार्यक्रममा १५६ जना विद्यार्थीले British qualification Award प्रमाणपत्र प्राप्त गरेका थिए ।
विद्यालयका प्राचार्यले कार्यक्रममा विद्यालय र विद्यार्थीको शैक्षिक प्रगति बारेमा प्रकाश पार्नुभएको थियोे ।
विद्यालयका प्रबन्धक निर्देशक ॠषिराम बस्यालको अध्यक्षता, शुद्दोधन गाउँपालिका प्रवक्ता एवं वाड नम्बर -४ का अध्यक्ष केशव अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्मा ,प्याब्सन रुपन्देहीका उपाध्यक्ष कुलराज शर्मा , लुम्बिनी बौद्ध बिश्वबिद्धालय उप प्राध्यापक मोहन भण्डारी ,रेप्सा सल्लाहकार झलक थापा,समाजसेवी हुमराज ढकाल ,पेस्टा अध्यक्ष इन्द्र बहादुर क्षेत्री, शिक्षक मोना पराजुली ,handwriting शिक्षक फुलेन्द्र विन्दु पन्थी ,फुटबल शिक्षक भेषराज पौडेल ,music शिक्षक सगुन सुनार ,नृत्य शिक्षक जुना राना लगायतले मन्तव्य दिनुभएको थियो ।कार्यक्रमको संचालन सहायक प्राचार्य राजन पौडेलले गर्नुभएको थियो ।