

बुटवल, चैत १९ । बुटवल–११ देवीनगरस्थित दीपावली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर रक्तदान गरेको छ ।
सहकारीका अध्यक्ष चण्डीप्रसाद न्यौपानेको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बसन्त ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा ४० युनिट रगत संकलन भएको सहकारीका सल्लाहकार लोकराज शर्माले जानकारी दिए ।
सो अवसरमा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बसन्त ढकालले बाहिरबाट आएका सहकारीहरुका केही समस्या देखिए पनि स्थायीय सहकारीमा कुनै समस्या नभएको बताए ।
सहकारीका उपाध्यक्ष हिमलाल न्यौपानेको स्वागत तथा रक्तदान उपसमिति संयोजक किरण ढकालको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रमलाई रक्त सञ्चार केन्द्र बुटवलका प्राविधिक सहयोग गरेको थियो ।