

बुटवल। तिलोत्तमा नगरपालिका–५ मणीग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रालिको १३ औँ वार्षिकोत्सव तथा कर्मचारी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार रिसोर्टका अध्यक्ष गोपाल रानाको अध्यक्षता तथा रिसोर्टका सञ्चालक विष्णुबहादुर थापा, गीता थापा र जनरल म्यानेजर लक्ष्मण खड्काको आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा रिसोर्टमा कार्यरत कर्मचारीहरुमध्ये १८ जना कर्मचारीहरुलाई विभिन्न विधामा सम्मान गरीएको थियो ।
कार्यक्रममा रिसोर्टका अध्यक्ष रानाले ७ वटै प्रदेशमा ड्रिम ग्रुपअन्तर्गतका नयाँ शाखा बिस्तार गर्ने योजना भएपनि कोभिडका कारण असहज स्थिति सिर्जना भएपछि नयाँ योजना अघि नबढेको बताए । यस्तै कार्यक्रममा ड्रिम इन्टरनेशनल होटलका सहायक अपरेशन्स म्यानेजर राजेन्द्र पौडेलले शुभकामना मन्तव्य राखेका थिए । लेखा प्रमुख दिपेन्द्रसिंह जिसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
ठूला ठूला सम्मेलन, विवाह, पार्टी, कन्सर्ट तथा सेमिनार र गोष्ठीका लागि रोजाइमा पर्ने ड्रिमल्याण्डमा हेल्थ क्लब, बार, कफि सप, बेबी पार्क तथा यस क्षेत्रकै ठूलो स्विमिङ पुल र प्रशस्त पार्किङ सुविधा छ । खुला र शान्त वातावरण, सुन्दर फूलबारी ड्रिमल्याण्डका थप विशेषता हुन् ।