पुराना नाई ठाकुर र अग्रज ब्युटिसियनलाई समृद्धिको सम्मान

मेचीकाली संवाददाता

२० चैत्र २०७९, सोमबार
165 shares

बुटवल, चैत २० । बुटवल–६ अमरपथ सिंह कम्प्लेक्समा प्रधान कार्यालय रहेर कपाल, छाला, मेकअप र नङ आर्टको क्षेत्रमा काम गर्दै आएको समृद्धि हेयर ड्रेसिङ सलोन एण्ड एकेडेमीले एकेडेमीमा तालिम लिएका ४० जना विद्यार्थीहरुलाई दिक्षित गरेको छ । सोमबार बुटवलमा प्रमाणपत्र बितरण कार्यक्रम–२०२३ कार्यक्रमको आयोजना गर्दै तालिम पूरा गरी सफल कर्मचारी र सफल व्यवसायी बन्न सक्ने विद्यार्थीहरुलाई सम्मान गरेको हहो ।

एकेडेमीले बुटवल क्षेत्रका पुराना नाई एवं नाई संघका पूर्वअध्यक्ष चुन्निलाल ठाकुर र बुटवलका अग्रज ब्युटिसियन कलावती उपाध्यायलाई सम्मानसमेत गरिएको थियो । सम्मान एवं दिक्षान्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार दधिराम न्यौपानेले स्वदेशमानै रोजगारी प्रदान र नया रोजगार सिर्जना गर्ने काममा एकेडेमी लागेको थाहा पाउँदा निकै खुसी लागेको बताए ।

कार्यक्रममा बोल्दै समृद्धि हेयर ड्रेसिङ सलोन एण्ड एकेडेमीका सिइओ मोहन ठाकुरले स्वदेशमा नै स्वरोजगार बन्न र रोजगार प्रदान गर्नको लागि सलोन र एकेडेमी सञ्चालन गरेको बताए । सौन्दर्यकला व्यवसायी संघ पूर्वकेन्द्रीय अध्यक्ष मिना प्रधानले पछिल्लो समय यो पेशा निकै परिवर्तित भएको बताउँदै यसले रोजगारी प्राप्तिमा सहयोगी बनेको बताइन् । एकेडेमीबाट दीक्षित भएकाहरुले स्वदेशमा नै रहेर देशको अर्थतन्त्रमा टेवा पु¥याउन आग्रह गरिन् ।

कार्यक्रममा सम्मानित चुन्नुलाल ठाकुर, सम्मानित कलावती उपाध्याय, कस्मो कस्मेटिक्स डिस्ट्रीब्युटर्सकी सञ्चालक सीता श्रेष्ठ, मणिग्राम शाखा सञ्चालक अनिल अर्याल, रासस लुम्बिनी प्रदेश प्रमुख भरत केसी, नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष अमृता अनमोललगायतले बोल्दै पछिल्लो समय सलोन क्षेत्रबाट रोजगारी सिर्जना गर्न सकिएको बताउँदै यसतर्फ ध्यान दिन आग्रह गरेका थिए । समृद्धि हेयर ड्रेसिङ सलोन एण्ड एकेडेमीका मुलुकका पोखरा, मणिग्राम र जितपुर कपिलवस्तु गरी ४ शाखा रहेको छन् ।