न्यू होराइनमा कक्षा १२ का विद्यार्थीलाई बिदाई

मेचीकाली संवाददाता

२४ चैत्र २०७९, शुक्रबार
261 shares

बुटवल, चैत २४ । न्यू होराइजन इङ्लिस सेकेन्डरी बोर्डिङ स्कूल कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाई तथा शुभकामना दिइएको छ । कक्षा ११ का विद्यार्थीले आगामी उज्जवल शैक्षिक भविश्यको कामना गर्दै शुक्रबार टाइगर प्यालेस रिसोर्टका कार्यक्रम गरी बिदाई गरेका हुन् । विदाई हुने विद्यार्थी कक्षा १२ का ३७२ जना रहेका छन् ।

सो अवसरमा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख रमाकान्त तिवारीले कक्षा १२ पूरा गरी जाने विद्यार्थीलाई आउँदो शैक्षिक यात्रामा होराइजनको विशिष्टता कायम गर्न सुझाव दिए । उनले होराइजनले बसालेको शैक्षिक आधारले अबको उच्च शिक्षा सहज बन्ने विश्वास व्यक्त गरे । उनले क्षमतावान् विद्यार्थी अब विदेश होइन स्वदेशमै काम गरेर देशलाई माया गर्नुपर्ने बताए ।
विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजूले अबको विद्यार्थी विदेश जाने नभई जान खोज्नेलाई पनि रोक्ने दायित्व भएको बताए ।

विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले अवसरको खोजीमा विदेश नभई देशमै दक्षता प्रस्तुत गर्नुपर्ने बताए । कार्यक्रममा विद्यालयका सहप्राचार्य बालकृष्ण अधिकारी देशको शैक्षिक विकासमा होराइजनको ठूलो योगदान रहेको बताए ।

कार्यक्रममा विद्यार्थीहरु समिप पौडेल, इशा अर्याल, असिम पाण्डे र अनुराग घिमिरे बोलेका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थी सुशासन्त श्रेष्ठ, इच्छा ज्ञवाली, प्राप्ती ढकाल र विशेषता रानाले गरेका थिए । सो अवसरमा गायिका प्रविसा अधिकारीले विशेष सांगीतिक प्रस्तुत रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।