सरकारले निजामति ऐन तत्काल सशोधन गनुपर्छः अध्यक्ष पोखरेल

मेचीकाली संवाददाता

२६ चैत्र २०७९, आईतवार
287 shares

अनिल नेपाली

अर्घाखाँची । नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पोखरेलले संघीय निजामती सेवा ऐन सशोधन गरेर छिटो भन्दा छिटो ल्याउनुपर्ने बनाउनुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले शनिबार नरपानीको बिपी स्मृति पार्कमा आयोजना गरेको २०८० सालको भित्ते पात्रो बिमोचन तथा मित्र मिलन कार्यक्रममा मन्तब्य राख्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष पोख्रेलले सरकारले प्रस्तुत गरेको संघिय निजामती ऐन संशोधन गरेर प्रस्ताबित ऐनको मस्यौदामा तत्काल संशोधन गरि पालिकाका प्रमुख प्रशासकिय अधिकृत र प्रदेश सचिवहरुको सरुवा बढुवा संघबाट नै हुनुपर्नेमा आफुहरुको जोडदार माग रहेको बताए । पोखरेलले अहिलेपनि आधिकारिक ट्रेड युनियन जिउँदो रहेकोले सरकारले आधिकारिक ट्रेड यूनियनसँगै राष्ट्रियस्तरका ट्रेड युनियनहरुसँग छलफल गरेर ऐनलाई सशोधन गर्न सरकारलाई सुझाव दिएको उनले बताए । पटकपटक प्रधानमन्त्रीले आफूहरुसँगको भेटवार्तामा ट्रेड युनियनहरुप्रति सकारात्मक धारणा राख्ने गरेकोले आफूहरुलाई त्यसले उर्जा प्रदान गर्ने गरेको बताउदै ऐनका सम्बन्धमा सबै संगठनहरुको एउटै धारणा बनाएर जानुपर्ने पोखरेलले बताए ।

एक फरक प्रसगमा अध्यक्ष पोखरेलले निजामती कर्मचारीहरुले जनताको काममा भेदभाव र कुनै ढिलासुस्ती नगरी सेवाप्रवाह चुस्त दुरुस्त पार्नु पर्नेमा पनि जोड दिदै कर्मचारीले सेवाग्राहीको जनभाबना अनुसार काम गरेर विश्वसनीय ईमानदारिता कायम गरी सेवा दिदा कुनै पुर्वाग्रह र राजनितिक तथा सांगठनिक चरित्र प्रदर्शन गर्न नहुने बताए ।

कार्यक्रममा नेपाली काग्रेस लुम्विनी प्रदेशका सहमहामन्त्री विष्णु प्रसाद खनाल मुस्कान जिल्ला सभापति केशब श्रेष्ठ, सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ युनियन केन्द्रिय उपाध्यक्ष शान्ता अर्याल, आधिकारीक टेड्र युनियनका अध्यक्ष कृष्ण बर्मा पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, नेपाली निजामति कर्मचारी संगठनका अध्यक्ष गणेश भण्डारी, युनियनका संघ तथा प्रदेशका नेताहरुले कार्यक्रममा मन्तब्य राख्दै सरकारले सघीय निजामति ऐन छिटोभन्दा छिटो ल्याउनुपर्ने बताए ।
कार्यक्रममा युनियनमा महत्वपुर्ण जिम्मेबारी सम्माल्नुभएका र सेबा निबृत्त कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।

आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्ने उदेश्यले नरपानीमा कार्यक्रम आयोजना गरिएको युनियन अर्घाखाँची शाखाले जनाएको छ । कार्यक्रम युनियनका अध्यक्ष अध्यक्ष माधब अर्यालको अध्यक्षता सचिब अर्जुन रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा युनियन कर्मचारीहरु सञ्चारकर्मी शुभेच्छु सघ सगठनका प्रमुख तथा प्रतिनिधिको उल्लेख सहभागिता रहेको थियो । युनियनले विगत लामो समयदेखि जिल्लामा कर्मचारीको पक्षमा अन्य जनचासोका काममा समेत महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।