अर्घाखाँची खिल्जी–रुपन्देही सम्पर्क समाजद्वारा क्यालेण्डर विमोचन

मेचीकाली संवाददाता

२६ चैत्र २०७९, आईतवार
182 shares

बुटवल । अर्घाखाँची खिल्जी–रुपन्देही सम्पर्क समाजले नयाँ वर्ष वि.सं. २०८० सालको क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार बुटवल उपमहानगरपालिका–१३ बेलबासस्थित विजय टोल विकास संस्थाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान गरिएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष ठाकुरप्रसाद बेल्बासेको अध्यक्षता तथा समाजका जेष्ठ सदस्य अनकराम गैरेको प्रमुख आतिथ्यता रहेको थियो । उक्त अबसरमा जेष्ठ सदस्य गैरेले क्यालेण्डर विमोचन गरेका थिए ।

संस्थाका संरक्षक गोपालप्रसाद बञ्जाडे, पूर्व अध्यक्ष एवं बरिष्ठ सल्लाहकार यमप्रसाद गैरे, सल्लाहकार निर्मला बेल्बासे लगायतले आ–आफ्नो भनाई राख्दै नयाँ वर्षको शुभकामना दिएका थिए । निवर्तमान अध्यक्ष चुरामणी बञ्जाडेको स्वागत तथा संस्थाका सचिव चिरन बेल्बासेको सञ्चालनमा कार्यक्रम भएको थियो ।