बुटवल । अर्घाखाँची भुमिकास्थान–रुपन्देही सम्पर्क समाजले नयाँ वर्ष वि.सं. २०८० सालको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान गरिएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मण बेल्बासेको अध्यक्षता तथा रघुपती चुँदालीको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त अवसरमा संस्थाका उपाध्यक्ष ढुण्डीराज खनाल, सल्लाहकार शान्ता बेल्बासे भुसाल, टानबहादुर खत्री, कानूनी सल्लाहकार बसन्त पोखरेल लगायतले आ–आफ्नो भनाइ राख्दै नयाँ वर्षको शुभकामना दिएका थिए । कार्यक्रमबारे संस्थाका उपाध्यक्ष तथा क्यालेण्डर प्रकाशन संयोजक रामप्रसाद भुसालले जानकारी गराएका थिए ।
गोपाल गैरेको स्वागत तथा संस्थाका सचिव यमप्रसाद गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो । साथै संस्थाले गाउँमा क्यालेण्डरको पहुँच पुर्याउने उद्देश्यले प्रत्येक वडामा क्यालेण्डर पठाइसकेको जनाएको छ ।