शिक्षामा व्यापक सुधार हुनुपर्छः पूर्व प्रधानन्यायाधीश रेग्मी

मेचीकाली संवाददाता

२८ चैत्र २०७९, मंगलवार
260 shares
File Photo

मुक्ति न्यौपाने

वालिङ । नेपाल सरकारका पुर्व मन्त्रीपरिषदका अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले शिक्षामा व्यापक रूपमा शुधारहुन आवश्यक रहेको बताएका छन । नेपाल आदर्श माध्यमिक बिद्यालय २५ औँ रजत जयन्तीको अवसरमा वालिङमा रेग्मीले यस्तो बताएका हुन।

रेग्मीले भने, ‘शिक्षालाई व्यावसायिक बनाउनुपर्छ । शिक्षा बेगरको मान्छे अन्दो हुन्छ । शिक्षालाई गुणस्तरी बनाउन सकनुपर्छ ।’ मुलुकमा शैक्षिक बेरोजगारको संख्या बढदै गईराखेको अबस्थामा व्यावारिक ज्ञान् नहुँदा यो अवस्था आएको बताए । पुर्व अध्यक्ष रेग्मीले समाज परिवर्तन गर्नकोलागि आफु मात्रै आफ्नो परिवार शिक्षित भएर नपुग्ने भन्दै सिगो वस्ति देशनै शिक्षित हनुपर्नेमा जोड दिए ।

रेग्मीले शैक्षिक शस्थामा राजनैतिक अखडाको केन्द्र बन्दै गएको बताए । सरकार निःशुल्क शिक्षा गर्ने सामुदायिक विद्यालय भन्दा निजि बिधालयमा आकर्षक बढदै गएको बताए । प्राविधिक शिक्षाको आजको आवश्यकता भएको बताए । गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताए ।

शिक्षण सिकाई र बुझाईमा फरक नआए सम्म भोलिका पुस्ताले परम्परा शिक्षामा नै अलमलिनु पर्न बताए । कार्यक्रममा प्रदेश साम्सद भोजराज अर्याल , कल्पना तीवारी शिक्षाको विभेद अन्तहुनुमा जोड दिए । सासदद्वयले शिक्षाको पहुँच नपुग्दा सम्म मुलुकको परिवर्तन गर्न नसकिने बताए ।

कार्यक्रममा वालिङ बहुमुखी क्याम्पस प्रमुख युवराज पाठक प्यावसन स्याङ्जाका अध्यक्ष मेघराज गैरे लगाएतले बोलेको शुभकामना मन्तव्यमा बोलेका थिए ।स्याङ्जाको वालिङलाई शैक्षिक हवको बिकाश गर्नुपर्नेमा जोड दिएका थिए ।