

नेत्र गैरे
पाल्पा । बगनासकाली गाउँपालिकाले दोश्रो चौमासिक प्रगति समिक्षा एवम् सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेकोछ ।
कार्यक्रममा गाउँपालिकाका बिभिन्न शाखाहरुको तर्फबाट सामाजिक सुरक्षा शाखा प्रमुख भोजराज भट्टराईले सबै शाखाहरुको गत चार महिनाको कार्य प्रगति प्रस्तुत गरेका थिय । भट्टराईले लेखा शाखाबाट हालसम्म ४९% खर्च भएको, माघ १३ देखि २३ सम्म संचालन गरेको घुम्ती शिवीर प्रभावकारी रहेको, रानीमहल क्षेत्रको जग्गा व्यवस्थित गर्न कार्य अगाडि बढाइएको, हाल देखिएको लम्फी स्किन रोगका बिरुद्ध २ सय २५ पशुको उपचार गरिएको लगायतका बारेमा प्रस्तुती गरेका थिए ।

यस्तै वडागत प्रस्तुती वडा सचिव युवराज पाण्डेले गरेका थिए । उनले प्रस्तुतीका क्रममा तुलनात्मक रुपमा बसाई सराई, सम्बन्ध बिच्छेदका घटना बढेको बताए । स्वास्थ्य शाखा, केन्द्र तथा चौकीबाट गत चौमासिकमा जनतालाई पु¥याइएका स्वास्थ्य सेवा सम्बन्धी प्रस्तुती वडा नम्बर ६ यम्घा स्वास्थ्य चौकी प्रमुख राम प्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागिहरुबाट उठेका प्रश्न तथा जिज्ञासाका बारेमा बोल्दै गाउँपालिका अध्यक्ष सरस्वती चिदीले जनताका बास्तविक समस्याको पहिचान गरि योजनाबद्धरुपमा बसाई सराई जस्ता समस्याको निराकरण गर्ने बताइन । उनले यस बर्ष आफुहरुको कार्यकालमा आर्थिक योजना निर्माण, स्थानिय सरकार संचालन सम्बन्धि कार्यविधि तथा ऐन निर्माण, प्रशासनिक भवन साथै १५ शैयाको अस्पताल निर्माणको काममा तिव्रता ल्याएको, सामाजिक सुरक्षा भत्ता वडा वडाबाट बितरण गरेको बताइन । उनले बिपन्न समुदायलाइ प्रोत्साहन गर्ने कार्यक्रम र बाल विवाह न्यूनीकरणका लागि कार्यक्रम गरे पनि सोचे अनुसार नभएकोले योजनाबद्धरुपमा थप कार्यक्रम बनाइ अघि बढने बताइन् । निति निर्माता र कार्यन्वयनकर्ता बिचको सहकार्यबाट आगामी दिनमा जनताका आवस्यकतालाई पुरा गर्दै जाने प्रतिवद्धता अध्यक्ष चिदीले व्यक्त गरिन ।

गाउँपालिका उपाध्यक्ष हरि पाठकले पालिकाको आन्तरिक स्रोत बृद्धिकालागि राजस्व सुधार कार्यक्रम ल्याइएको बताए । भौतिक बिकासमा बस्ती देखि बस्ती सम्म जोडने, कृषिलाई व्यवसायिकिकरण गर्नेकाम गर्नुका साथै मानविय बिकासमा समेत उल्लेख्य काम गरेको उपाध्यक्ष पाठकको भनाइ थियो । उनले राजनैतिक आस्थाका आधारमा कुनै कर्मचारी हेरफेर नगरि जन प्रतिनिधि र राष्ट्रसेवकको सहकार्यका जनताका काम गरेको बताए ।
गाउँपालिकाले तयार गरेको अल्पकालिन र दिर्घकालिन सोच तथा योजनालाई सार्थक बनाउन सबैको सहकार्य आवस्यक रहेको प्रमुख प्रशासकिय अधिकृत बिष्णु घर्तीको भनाइ थियो । उनले निर्धारित लक्ष्यमा पुग्न समन्वयकारी तरिकाले कार्य सम्पादन गरेको बताए ।

प्रगति समिक्षा एवम् सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै पालिकाका प्रवक्ता टिका बहादुर थापाले बिगतको प्रगतिको समिक्षाले आगाम िदिनमा कार्य योजना बनाई अघि बढन मार्ग प्रसस्त हुने बताए । पालिकाले संचालन गरेको घुम्ती शिवीर कार्यक्रम उपलब्धिमूलक र जनआकांक्षा अनुरुप भएकोले आगामी दिनमा थप प्रभावकारी बनाइ अघि बढनु पर्ने प्रवक्ता थापाको भनाइ थियो ।
समिक्षा कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, महिला, बालबालिका साथै अन्य सरोकारवालाहरुको उपस्थिती रहृको थियो । यसै अवसरमा गत माघ १३ देखि २३ सम्म वडास्तरमा संचालन गरिएको घुम्ती शिवीरमा योगदान गरेका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।