बुटवल । नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन् । बाँकेको नेपालगञ्जमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनले थेबेलाई अध्यक्षमा चयन गरेको हो । थेबे झापाका हुन । निवर्तमान उपाध्यक्ष सन्तोष रावलले पनि अध्यक्षमा दावी गरेपछि युवा संघको महाधिवेशन लम्बिएको थियो ।
त्यस्तै महासचिवमा सुमन पुरी निर्वाचित भएका छन् । पुरी रुपन्देहीका हुन । महासचिवमा अञ्जना अधिकारीको पनि दावी थियो । अध्यक्ष सहित अधिकांश पदमा दुईभन्दा बढी उम्मेदवारहरुले मनोनयन दर्ता गराएपनि सहमतिबाटै नयाँ कमिटी चयन भएको निर्वाचन अधिकृत अधिवक्ता विकास आचार्यले जानकारी दिए । सहमतिका लागि विधान संशोधन गरेर ३ उपाध्यक्षलाई बढाएर ७ जना बनाइएको छ भने सचिवको संख्या घटाइएको छ ।
त्यस्तैगरी उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम चयन भएका छन् । उप महासचिवमा महेन्द्र गुरुङ र राजन थापा, सचिवमा बिनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिष्णा चन्द, पर्वत भण्डारी र कुबेर अधिकारी चयन भएका छन् ।
त्यस्तै, सचिवमा विनय शाह, पर्वत भण्डारी, खेम शर्मा, अनिता कन्दङ्वा, देवानन्द मेहता, विष्णा चन्द, जय गुरुङ, मोबिन आलम, कुबेर अधिकारी चयन भएका छन् । कोषाध्यक्षमा राकेश राई, लेखा आयोग प्रमुखमा सन्तोष चौलागाई, उपप्रमुखमा नानीराम तिवारी चयन भएका छन् ।
अनुशासन आयोग प्रमुखमा राकेश लामा, उपप्रमुखमा दिपेश खड्का र सचिवमा राजन नेपाली चयन भएका छन् । निर्वाचन आयोग प्रमुखमा बलराम बेलबासे, उपप्रमुखमा बाबु छतकुली र सचिवमा गोकर्ण नेपाली चयन भएका छन् ।