जन्मदिनमा मानब सेवा आश्रममा खाद्यन्न सहयोग

मेचीकाली संवाददाता

२ बैशाख २०८०, शनिबार
221 shares

बुटवल । जन्मदिनको अवसर पारेर जापानमा रहेका बिजय कार्किले मानब सेवा आश्रम बुटवलमा खाद्यन्न सामग्री सहयोग गरेका छन ।

बिदेशमा रहेका कार्किले सानो सहयोगबाट केहि राहत होस भन्ने उद्धेश्यले जन्मदिनको अवसर पारि सहयोग गरेको बताए । उनले मानब सेवाका आश्रममा रहेका गरिब दुखि अनाथ र असाहयहरुलाई केहि राहत मिलोस भन्ने उद्धेश्यले करिब १० हजार बराबरको खाद्य सामाग्री सहयोग गरिएको बताए ।

कार्यक्रममा बोल्दै समाजसेवी सिजन पौडेलले जन्मदिनको अवसरमा बिजय कार्किले बिदेश भएपनि आफूमार्फत मानब सेवा आश्रममा सहयोग गर्ने अबसर प्रदान गरेकोमा धन्यबाद व्यक्त गरे । चामल, दाल, तेल, चना, चाउचाउ लगायतका सामग्री सहयोग गरेको उनले बताए । आगामि दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिनसमेत उनले आग्रह गरे ।