जिप्रका कपिलवस्तुबाट सार्वजनिक विदाको दिन ७४ जनाले लिए सेवा

मेचीकाली संवाददाता

२ बैशाख २०८०, शनिबार
416 shares

पार्वती आचार्य

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट ७४ जना सेवाग्राहीहरुले सार्वजनिक विदाको दिन सेवा लिएका छन् । नयाँ वर्ष २०८० सालको पहिलो दिन अर्थात सार्वजनिक विदाको दिन जिल्ला प्रशासन कार्यालय कपिलस्तुबाट सेवाग्राहीहरुका लागि सहज होस भन्ने उद्देश्यले सार्वजनिक सेवा प्रवाह गरिएको हो ।

देशभर नयाँ वर्षको अबसरमा सार्वजनिक विदा गरिए पनि कपिलवस्तु जिल्लाबाट भने सार्वजनिक विदामा पनि सेवाग्राहीहरुलाई सेवा दिईएको थियो । सेवाहरुमा पासपोर्ट लाइभ इनरोल मेण्ट ‍२३ जना, पासपोर्ट वितरण २४ जना, पासपोर्टको अनलाइन फर्म भर्नका लागि नाम, नामेसी लेख्ने कार्य ८ जनालाई सेवा दिएको छ ।

यसैगरी राष्ट्रिय परिचयपत्र इनरोल मेण्ट ६ जना, राष्ट्रिय परिचयपत्र नम्बर खोज्ने कार्य ३ जना, नयाँ नागरिकताका ४ जनाले र ६ जनाले प्रतिलिपीको सेवा लिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । सरकारले दिएको सार्वजनिक विदाको दिनमा कार्यालयबाट सेवा लिन पाउँदा सेवाग्राहीले खुशी व्यक्त गरेका छन् ।