न्यौपाने वंश समाजले गरेको महायज्ञको आयव्यय सार्वजनिक

मेचीकाली संवाददाता

४ बैशाख २०८०, सोमबार
180 shares

बुटवल । न्यौपाने वंश समाज नेपालले सञ्चालन गरेको पितृ पुराण श्रीमद् भागवत विराट ज्ञान महायज्ञको आम्दामी खर्च सार्वजनिक गरिएको छ । गएको फागुन १ देखि ७ गतेसम्म रूपन्देहीको तिलोत्तमा–५ नयाँमिलमा सञ्चालित महायज्ञ गर्दा भएको आयव्यय चैत अन्तिम साता सार्वजनिक गरिएको हो ।

महायज्ञमा आम्दामी ५१ लाख र खर्च १२ लाख ७५ हजार रूपैयाँ खर्च भएको न्यौपाने वंश समाज नेपालका महासचिव गेहेन्द्रराज न्यौपानेले जानकारी दिए । पितृमोक्षको लागि देशभरका न्यौपानेहरूको सहभागितामा महायज्ञ गरिएको थियो ।

समाजका अध्यक्ष बलराम न्यौपाने, पूर्वअध्यक्ष तथा आर्थिक संयोजक केशव न्यौपाने, सचिवालय संयोजक तथा निर्वतमान अध्यक्ष मेघराज न्यौपाने, समाजका संस्थापक खगुपति न्यौपानेको सहभागितामा आयव्यय सार्वजनिक गरिएको गेहेन्द्रराजले जानकारी दिए ।

समाजको केन्द्रीय कार्यालय रूपन्देहीमा छ । महायज्ञमा दुर्गा प्रसाद न्यौपानेले १ कठठा जग्गा दानसमेत गरेका थिए ।