आगलागि हुँदा पाँच लाख बढीको क्षति

मेचीकाली संवाददाता

५ बैशाख २०८०, मंगलवार
192 shares

सुनिल आचार्य

कपिलवस्तु । बुद्धभुमि नगरपालिका ३ स्थित त्रिशुलि सामुदायिक बन उपभोक्ता समुहको घाटगद्दीमा अचानक आगलागि हुँदा ५ लाख ५० हजार बराबरको क्षती भएको छ । बैशाख ४ गते बेलुकी ५ बजेको समयमा आगलागि भएको थियो । बनमा आगलागी भएको छ भन्ने खबर ईलाका प्रहरी कार्यालय गोरुसिङगेलाई जानकारी भएको थियो ।

ईलाका प्रहरी कार्यालयमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई, स्थनिय दमकलको सहयोगमा तत्काल आगो पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

३५० क्यु फिट साल जातिको, १५० क्यु फिट अस्ना जातीको गरी करिव ५ लाख ५० हजार बराबरको काठ जली क्षती भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी , प्रहरी निरीक्षक शैलेश्वरी बोहराले जानकारी दिनु भयो ।