गुल्मीमा खोलामा डुबेर एक जनाको मृत्यु, एउटा बेबारिसे शव फेला

मेचीकाली संवाददाता

६ बैशाख २०८०, बुधबार
176 shares

बुटवल । गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ भने बेवारिसे अबस्थामा एउटा शव फेला परेको छ ।

जिल्लाको मदाने गाउँपालिका ६ पुर्कोट दहका ३७ वर्षीय भिमबहादुर कुँवरको छल्दी खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

कुँवर मंगलबार दिउँसो रेसुंगा नगरपालिका ३ बाझाँखेत भन्ने स्थानमा नुहाउन गएका थिए । उनि सोहि स्थानमा निर्माण व्यवसायीका रुपमा काम गर्दै आएका थिए । उनको शवलाई गुल्मी अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा एउटा शव फेला परेको छ । नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा रहेको शव फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । मंगलबार दिउँसो सडेको अवस्थामा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

उक्त शव पहिचानको लागि गुल्मी अस्पतालमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । आफन्त वा नातेदार कोही हराएको छ भने शवको पहिचान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क राख्न प्रहरीले अनुरोध समेत गरेको छ ।