लायन्स क्लव अफ कपिलवस्तु प्राचिनको साधारण सभा अधिबेशन सम्पन्न

मेचीकाली संवाददाता

६ बैशाख २०८०, बुधबार
158 shares

पार्वतीआचार्य

कपिलवस्तु । लायन्स क्लव अफ प्राचिन कपिलवस्तुको आयोजनामा क्लवको दोश्रो सारधारण सभा तथा दोश्रो अधिबेशन तौलिहवामा सम्पन्न भएको छ । लायन्स क्लव अफ प्राचिन कपिलवस्तुका अध्यक्ष रविन्द्र नाथ ठाकुरको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी एक्टेन्सनएन्ड रिजन चेयर पर्सन सुरेश भट्टराईले आफ्नो जिवनलाई राम्रो संग संचालन गरेर समाजसेवा गर्नका लागि क्लवमा लागि परिएको बताउनु भयो । लायन्सको पृष्ठभूमिको बिषयमा जानकारी दिंदै जिल्लामा संचालन हुने बिभिन्न कार्यक्रमहरुमा क्लवका सम्पूर्ण पदाधिकारीहरु एकजुट हुन आग्रह गर्नु भयो ।

कार्यक्रममा लायन्स क्लवका उपाध्यक्ष राजेश ज्ञवालीले स्वागत मन्तव्य सहित लायन्स क्लवले कोरोनाकाल देखि नै समाज सेवागर्दै आएको बताउनु भयो । समाज सेवा सबैले गर्न मिल्ने भएको हुँदाजो कोही नागरिकले गर्न सकिने बताउनु भयो ।

यस्तै कार्यक्रमका अतिथी वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरेले लायन्स क्लवको उद्देस्य सफलहोस भन्ने शुभकामना दिंदै यस संस्थाले समाज परिवर्तन गर्न लागि पर्ने बताउनु भयो । यस सस्ंथाले महिला बालबालिकाका बिभिन्न समस्याहरुलाई समाधान गर्न बिभिन्न स्वास्थ्य शिविर तथा कार्यक्रमहरु संचालन गर्दा स्थानियतह संग समन्वय गरेर अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो ।

यसैगरी बैंकर्स क्लवका अध्यक्ष नविन कुमार श्रेष्ठले जिल्लाको दक्षिणी क्षेत्रमा लायन्सले उदाहरणीय कार्यक्रम संचालन गरी नाम चिनाउन सफलहोस भन्ने शुभकामना दिनु भयो । उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीले प्राचिन कपिलवस्तु बुद्धको जन्म स्थलभएको हुँदा यहाँ रहेका पर्यटक स्थल र समाजिक क्षेत्रलाई परिवर्तन गर्न संस्थाको अहंम भूमिका रहने बताउनु भयो ।

नेपाल रेडक्रस सोसाईटी कपिलवस्तुका सचिव संतोष श्रीवास्वले लायन्स क्लवले यहाँका नागरिकहरुलाई सेवादिंदै आएको बताउँदै आगामी दिनमा सो सेवालाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यले अहिले पनि कपिलवस्तु जिल्ला ओझेलमा परेको हुँदा क्लवले कपिलवस्तुको विकासको लागि उदाहरणीय कार्यहरु गर्न सकोस भन्ने शुभकामना सहित सुझावदिनु भयो ।

कार्यक्रममा कोभिड १९ को समयमा गरेको अतुलनिय सहयोगको कदर गर्दै गाईड लायन सरदार भोला सिंह, लायन्स क्लव अफ मुक्तिनाथका गाईड लायन छबिलाल पाण्डेय , एक्टेन्सनएन्ड प्रोग्रामचेयर पर्सन कृष्ण प्रसाद पाण्डेय र सुरेस भट्टराईलाई लायन्स क्लव अफ प्राचिन कपिलवस्तुले सम्मान पत्रले सम्मान गरेको थियो ।

सम्मानित कृष्ण प्रसाद पाण्डेयले सम्मानले आगामी दिनमा थप जिम्मेवारी दिएको भन्दै आगामी दिनमा पनि सहयोग सहकार्य रहने प्रतिवद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा लायन्सका सचिव डाक्टर सतिश उपाध्यायको संचालनमा लायन्स क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसैगरी लाइन्स क्लब अफ कपिलवस्तु प्राचीनको दोश्रो साधारण सभातथा दोश्रो अधिबेशन बाट राजेश ज्ञवाली अध्यक्षतामा सदस्सिय कार्यसमिति निर्बिरोध निर्वाचित हुनु भएको छ । प्रथम उपाध्यक्षमा संतोष कुमार कशौधन द्वितीय उपाध्यक्षमा माया ज्ञवाली तृतीय उपाध्यक्षमा भगवान दास अग्रहरी सचिवमा कस्तुरा सिग्देल कोषाध्यक्षमा मुख्तार अहमद खाँ निर्बाचित हुनु भएको छ ।

आफ्नो मन्तब्यको क्रममा अध्यक्ष ज्ञवालीले नगरपालिकाले जग्गा उपलब्ध गराए लायन्स क्लबको भवन बनाउने र लायन्स क्लब इन्टरनेशनलको सहयोगमा डायलासिस सेन्टर संचालन गर्ने । यशोधरा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गर्ने । एनिमिया बिरुद्ध जनचेतना कार्यक्रम संचालन गर्ने , गरिब विपन्न बिधार्थी लाइ शैक्षिक सामग्री गरिब विपन्नलाइ पाल, खाद्यन्न तथा कपडा वितरण गर्ने बताउनु भयो ।