लुम्बिनीमा मुख्यमन्त्री केसीले बनाए ७ सदस्यीय मन्त्रिमण्डल

मेचीकाली संवाददाता

२८ श्रावण २०७८, बिहीबार
824 shares

बुटवल । मुख्यमन्त्री कूलप्रसाद केसीले पद तथा गोपनियताको सपथ लिएसँगै मन्त्रीमण्डन बनाएका छन् । कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूलाई समावेश गरी केसीले ७ सदस्यीय मन्त्रीमण्डल बनाएका छन् ।

केसीले पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि ६ जना मन्त्रीले सपथ लिएका छन् । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका ६ जना मन्त्री बनेका हुन् । जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसदमध्ये ३ जना नै मन्त्री बनेका छन् ।

नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी ग्रामीण तथा शहरी विकास मन्त्री, नेकपा माओवादी केन्द्रका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना मन्त्री र जनता समाजवादी पार्टीका सहसराम यादव भौतिक विकास तथा पूर्वाधार मन्त्री भएका छन् । यस्तै जनता समाजवादीका पुर्मती ढेगा, सुमन शर्मा रायमाझी र स्वतन्त्रबाट अजय शाही बिना विभागीय मन्त्रीका रुपमा सपथ लिएका छन् ।

शाही सूर्य चुनाव चिन्हबाट चुनाव लडेका थिए । रायमाझी शंकर पोखरेल नेतृत्वको सरकारमा बिना विभागीय मन्त्री थिइन् । गठबन्धनले १० सदस्यीय मन्त्रीमण्डल बनाउने सहमति गरेको छ । बाँकी मन्त्री केही समयपछि बनाउने गठबन्धनको तयारी छ ।

दिउँसो प्रदेश प्रमुख मुख्यमन्त्रीमा केसीको मात्रै दावी परेको थियो । संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन् ।