उद्योग ब्यापार संघ कपिलवस्तुद्वारा बृहत रक्तदान कार्यक्रम आयोजना

मेचीकाली संवाददाता

१० बैशाख २०८०, आईतवार
438 shares

कपिलवस्तु । उद्योग ब्यापार संघ, कपिलवस्तुको सामाजिक कार्यको पूर्ब निर्धारित कार्यतालिका अनुसार लोकतन्त्र दिवसको अबसर पारेर बैशाख ११ गते बाणगङ्गाको ठाकुरापुर स्थित पिस हिमालय रिसोर्टमा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।

संघको दोस्रो बैठकको निर्णयानुसार बैशाख ११ गतेको लागि रक्तदान कार्यक्रम राखियको हो । सो कार्यक्रमको लागि रेवता पौडेलको संयोजकत्वमा गिता पौडेल र मुक्तिराम कडेल सदस्य रहेको कार्यदल गठन गरि तयारी सुरु गरिएको हो । उक्त कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले जानकारी दिए ।

नियमित रक्तदान गर्नाले शरीर स्वस्थ्य रहनुका साथै आफुलाइ आत्मसन्तुष्टि मिल्ने तथा रक्तदान गर्न प्रेरित गर्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको उद्योग ब्यापार संघ कपिलवस्तुले जनाएको छ ।

उक्त बृहत रक्तदान कार्यक्रमको प्रमुख अतिथी बाणगङ्गा नगर प्रमुख चक्रपाणी अर्याल तथा बिशिस्ट अतिथीमा नियमित रक्तदाता संघका केन्द्रिय उपाध्यक्ष लेखनाथ भन्डारीको उपस्तिथि रहने उद्योग ब्यापार संघ कपिलवस्तुले जनाएको छ ।

रक्तदान जस्तो पुण्य कार्यमा सबैको साथ सहयोग पाउने अपेक्षा सहित सहभागिताको लागि सबै सङ्ग उद्योग ब्यापार संघ, कपिलवस्तुले हार्दिक अनुरोध गरेको छ ।

उक्त बृहत रक्तदान कार्यक्रमको सह आयोजक नियमित रक्तदाता संघ, कपिलवस्तु रहेको छ भने प्राबिधिक सहयोग रक्त सञ्चार केन्द्र, बुटवलको रहेको छ ।