पाल्पा बस दुर्घटनाः मृतक र घाइते ३८ जनाकै पहिचान खुल्यो

मेचीकाली संवाददाता

१० बैशाख २०८०, आईतवार
292 shares

बुटवल । पाल्पाको जोरधारामा आइतबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाएकी एक महिला र घाइते भएका ३८ जना सबैको पहिचान खुलेको छ । मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका ३ सूर्यपुराकी ३६ वर्षीया राधिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनको उपचारको क्रममा पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो ।

घाइते हुनेहरुमा गुल्मीको सत्यवती गाउँपालिका ५ की १३ वर्षीया बिनिता भण्डारी, सोही ठाउँकी ६६ वर्षीया कुन्ती भण्डारी, गुल्मीको इस्मा गाउँपालिका ३ का २७ वर्षीय प्रेमबहादुर मुखिया, बागलुङको बडिगाड गाउँपालिका १० का २४ वर्षीय तिलक बि.क., सोही ठाउँकी ३० वर्षीया सरीता बि.क., उनको साढे २ वर्षको छोरा सतिस बि.क., रुपन्देहीको बुटवल उपमहानगरपालीका २ का ३६ वर्षीय अनुजकुमार गुप्ता, गुल्मीको दरबार गाउँपालिका २ का १४ वर्षीय गौरब सुनार, पाल्पाको रैनादेबी छहरा गाउँपालिका ४ का २९ वर्षीय दिपक परीयार, सोही ठाउँका २८ वर्षीय ओमप्रकाश कोईराला रहेका छन् ।

त्यस्तै, घाइते हुनेहरुमा रुपन्देहीको बुटवल उपमहानगरपालीका ७ का ४५ वर्षीय दिपेश थापा, गुल्मी चन्द्रकोट गाउँपालिका ८ का १७ वर्षीय बिपिन पल्ली, सोही ठाउँका १२ बिष्णु भण्डारी, गुल्मीको दरबार गाउँपालिका २ की २३ वर्षीया गंगा बराली, उनका २ वर्षीय छोरा अनुभव बराली, सोही ठाउँका ३२ वर्षीय राजु बराली, रुपन्देही देवदह नगरपालिका ३ का ४८ वर्षीय यमनाथ पौडेल, बागलुङको गलकोट नगरपालिकाका ६४ वर्षीय रामबहादुर खत्री, दैलेखको आठबिस ननगरपालिका ९ की ३० वर्षीया मिना सिंजापती, बागलुङको गलकोट नगरपालिका ४ का ७३ वर्षीय कर्णबहादुर खत्री रहेका छन् ।

त्यस्तै, गुल्मी धुर्कोट गाउँपालिका ५ बस्ने का ४९ वर्षीय खिमानन्द भण्डारी, नवलपरासीको कावासोती नगरपालिका ३ की ६१ वर्षीया लिला कंडेल, पाल्पाको रिब्दीकोट गाउँपालिका २ की ५९ वर्षीया कमला कवँर, रुकुम पश्चिमका ३५ वर्षीय राजेशकुमार पुन, नवलपरासीको मध्यबिन्दु नगरपालिका १० का ३२ वर्षीय रुपेश श्रेष्ठ, पाल्पाको तानसेन नगरपालिका १४ का ४५ वर्षीय बिष्णु पाण्डे, रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामकी २३ वर्षीया अनिता पाण्डे, हुम्लाको सार्कीघाट गाउँपालिका ३ का ३८ वर्षीय गणेश फडेरा, पाल्पाको रैनादेबी छहरा गाएपालिका कुसुमखोलाका ६६ बिष्णु थापा, रुपन्देहीको देवदह नगरपालिका ५ खैरेनिका ३८ वर्षीय केशव बर्देवा रहेका छन् ।

त्यस्तै, रुपन्देहीको देवदह नगरपाालिका भलुहीकी ४० वर्षीया ईन्द्रा दर्जी, बागलुङको गलकोट नगरपालिका ४ की ११ वर्षीया सोनाक्षी नेपाली, सोही ठाउँकी ३८ वर्षीया कोपिला नेपाली, दाङको देउखुरी सिसनियाका २८ वर्षीय सुनिल चौधरी, सोही ठाउँकी २८ वर्षीया दुर्गा चौधरी, गुल्मीको सत्यवती गाउँपालिका १ की १९ वर्षीया रेस्मा पाण्डे, रुपन्देहीको बुटवल उपमहानगरपालिकाकी ४३ वर्षीया पुष्पा मुदुन र बस चालक अर्घाखाँचीका ४५ वर्षय तुल्सीराम पाण्डे रहेका छन् ।

घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भइरहेको छ । घाइतेमध्ये चालकसहित ११ जनाको अवस्था सिरियस रहेको प्रहरीले जनाएको छ । आइतबार बिहान बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका ५ जोरधारामा दुर्घटना भएको थियो ।

सडकको बायाँतर्फबाट गुडिरहेको बस दाायाँतर्फबाट भीरमा खसेको प्रहरी नायव उपरीक्षक थापाले बताए । दुर्घटनाग्रस्त बस सडकबाट करिब २० मिटर तल खसेर भीरमा अड्किएको थियो । दुर्घटना पछि जिल्ला प्रहरी कार्यालय पाल्पा, ट्राफिक प्रहरी र दोभान प्रहरी चौकीबाट खटिएका प्रहरी र स्थानीयबासीले घाइतेहरूको उद्वार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।