के यत्तिकै सकिएला र ?

मेचीकाली संवाददाता

१४ बैशाख २०८०, बिहीबार
190 shares

नरबहादुर घर्ती

वि.सं २०८० को उपनिर्वाचनले नेपाली राजनीतिक वृत्तमा निकै चर्चा पायो । यद्यपि संख्यात्मक हिसाबले यी तीनै सिट कसैले जित्दा वा हार्दा संसद् र सरकारमा कुनै महत्वपूर्ण तात्विक भिन्नता भने तत्कालका निम्ति केही पर्ने थिएन । मुख्य गरी राजनीतिक पार्टीहरुको भविष्यलाई लिएर बढी बहस केन्द्रित भयो र ठूला भनिएका पार्टीहरु र तीनका नेतृत्वलाई यसले आच्छुआच्छु बनायो । यसको मतलब तिनीहरु डराए, अत्तालिए वा केहि कामै गर्न नसक्नेगरी शीतांग भए भन्ने भने होइन । कुरा के हो भने जुन खालले र जे खालले चल्ने चलाउने काम र गतिविधिहरु भइराखेका थिए, आम जनता र कार्यकर्ता यसवाट सन्तुष्ट रैनछन् कि भनेर सोंच्न सबैलाई वाध्य पा¥यो ।

बेलाबेलामा राजनीतिमा यस्तो अवस्था सृजित हुने गर्छ । यो आवश्यक पनि किन हुने गर्छ भने पुस्तान्तरणको माग र अन्तर्राष्ट्रिय प्रभावले जगाएको द्रुत्तर व्यवस्थापनको सिप र शैलीलाई हामीले हासिल पनि गर्न सक्नुपर्छ । विज्ञान सँधै अगाडि बढिरहने हुनाले त्यसलाई परम्पराको बिर्कोले अँचेटिरहियो भने समाजका सदस्यहरुमार्फत स्वतस्फुर्त रुपमा त्यसको सांकेतिक प्रतिकार हुन थाल्छ । स्थानीय निर्वाचनमै यसका संकेतहरु प्रष्टै देखिएका थिए । जस्तैः काठमाण्डौ, धनगढी, धरानलगायतका धेरै ठाउँहरुमा ठूला पार्टीहरुले धक्का खानु त्यही संकेत थियो । राजनीतिमा यस्तो संकेतलाई समयमै बुझेर परिवर्तनलाइ आत्मसात र व्यवस्थापन गर्दै लाने कुरा धेरै महत्वपूर्ण हुन्छ । दुनियाँलाई थाह भएकै कुरा होकि नटबोल्टलाई बेवास्ता गर्दै गए इन्जिनै काम नगर्ने हुन्छ ।

तसर्थ यस्ता घटनालाई गुरु मानेर भावी योजना निर्माण गर्दा फेरि पनि सफलता वरिपरि नै हुन्छ । यो कुनै नयाँ कुरा र महामारी होइन । सिक्ने र अघिबढ्ने कुरा प्रमुख हो । जसले लिङ्गेढिपी गर्छ ; निश्चित छ त्यो भने सिद्धिन्छ । अहिले सामाजिक सञ्जालमा बग्रेल्ति राजगरेको वाक्य छ,‘सच्चिने कि सिद्धिने ?’ त्यो पनि विशेषगरी एमालेका कार्यकर्ता पंक्तिमा । यो देश जनता र प्यारो पार्टी नेकपा (एमाले) कै मायाले आएको हो भन्ने लाग्छ ।

अर्काथरिको भनाइ बग्रेल्तिनै छ फेरि । देश र जनताको निम्ति यस्तो राम्रो काम गर्ने पार्टी कसरी सक्किन्छ ? योभन्दा राम्रो गर्ने अरु को छ ? के हो सच्चिने भन्या ? नराम्रो गर्ने ? आदि इत्यादि । यसो हेर्दा आम मानिसरुलाई नै यो विषयले बहसमै डो¥याउँछ कि जस्तो भान हुन्छ । तर यो विषय र बहस भने राजनीतिक परिचालन र आम सामाजिक मनोभावको हिसावले गाम्भीर्यता होइन र यस्ता सतही बहसले हामीलाई ठिक ठाउँमा पु¥याउन पनि सक्दैन ।

अहिलेको बहस नीति, बिचार र सिद्धान्तको हुँदै होइन । बिकास भयोकि भएन ? वा कसले बिकास ग¥यो, कसले विकास गरेन भन्ने पनि होइन । व्यवस्था परिवर्तनको पनि होइन । वास्तवमै अहिलेको असन्तुष्टि र आकर्षणको सवाल भनेको अवसरको हो । पुस्तान्तरणको हो । राजनीतिक परिवर्तनका हिसाबले हाम्रो मुलुकको अवस्था छि भन्ने खालको होइन । गर्व गर्न लायक नै छ ।
तर अवसर, पुस्तान्तरण र परिवर्तनभित्रको परिवर्तनलाई हाम्रा नेतृत्वहरुले सोभियत संघ, पश्चिम बंगाल, भारतको कांग्रेसको इतिहासबाट शिक्षा लिनुपर्ने हुन्छ । चीन, उत्तरकोरियालेपनि लिनुपर्ने हुन्छ । नेपालको राजनीतिक अवसरका हिसावले दुई पुस्ता त चुपचाप सह्यो तर तेस्रो पुस्ता तयार भएन । अब हिजो के थियो र को थियो भन्ने कुरा गौंण रह्यो । अब कस्तो गर्ने र कस्ले गर्ने भन्ने आवाज मुख्य बन्न थाल्यो । संसार साँघुरिँदै जाँदा स्वभावैले स्तर निर्माणको हुटहुटी तड्कारो बनेर आउँछ । समय अनि समाजको त्यो माग र आवश्यक्तालाई कसले पूरा गर्न सक्छ भन्ने ठम्याउन नसके पनि अवसर, नेतृत्व, प्रविधि र डेलीभरीका हिसाबले ठूला दलहरुले यही चाल र प्रवृतिले गर्न सक्दैनन् है भन्ने युवाहरुलाई लागेपछि यो परिस्थिति सिर्जना भयो ।

बडो अचम्मको कुरा छ । ठूला पार्टीहरु संगठन लिएर घरघर गए, मान्छेहरु आफैँ संगठन खोज्दै दगुरे । यस्ले के संकेत गर्छ भने–नीति, विचार, सिद्धान्त र संगठन मात्र असल भएर हुन्न । एउटै तरिकाले मात्रै सधैँ चलेर पनि हुँदैन । सदस्यता बाँडेर मात्रै पनि हुँदैन । मुख्य मान्छेहरुले खोजेको कुरामा ध्यान देऊ है ! त्यो भए मान्छे आफैँ आउँछन् । सबै यही छन् ! कोही कही गाछैन । तर अहिले मान्छेलाई अपनत्व, अवसर र आत्मसम्मान धेरै महत्वपूर्ण भएको छ । यो भन्दा ठूलो पार्टीको सदस्यता र नेतृत्वको निर्देशन मात्रै हो भन्ने कुरा ओझेल पर्न थाल्यो । त्यसैले यी कुराहरुलाई समेटेर पार्टी सञ्चालन गर्दा यो पुस्ता अवसरको खोजिमा घर छाडेर अन्यत्र भौतारिनु पर्दैन । समाजको आम चरित्रलाई पनि आत्मसात् गर्नैपर्छ । राजनीतिक स्कूलिङ्गको कमीले केही हद अराजकता बढेको त होला नै ! तर निरन्तरको सामाजिक बिकासको स्कूलिङ्गलाई पनि पुरै निषेध गरेर जाने कुराले पनि हरेक प्रवाहहरुमा गाह्रै बनाउने छ । अतः विज्ञान सम्मत हिसाबले यिनीहरुलाई संयोजन गर्दै अगाडि बढ्नु जरुरी हुन्छ ।

युवा नै देशको शक्ति हो । युवाहरु संयम, धैर्य, शिष्ट र सिर्जनशील हुनु जरुरी छ । क्षणिक आवेग र अति महत्वकांक्षाले कही पु¥याउँदैन । नीति, विचार, सिद्धान्त र देस बनाउने योजना बिनाको अपरिपक्व लोकप्रियता मात्रै पनि कस्तो हुन्छ भन्ने कुरा अहिले युक्रेन र जेवेलेन्स्किलाई हेरेमात्र पुग्छ । अति मोहित हुँदा बत्तीले पुतला सिध्याउँछ नै ! त्यसैले व्यक्ति वा नेतृत्व केहि होला, सर्वस्व हुँदैन ।
अतः आम युवा कसैका पछाडि भौँतारिने भन्दापनि देस निर्माणको मूर्त खाका लिएर अगाडि बढ्नु बेस हुन्छ । कसैलाई जिताउन वा हराउन त सकिएला ! तर हाम्रो मूल शत्रु भोक, रोग र गरिबी ज्युँका त्युँ रहँदा अन्ततः हामी सबैको हार नै हुन्छ । हाम्रो कामले भुमिका जन्माउने हो । काम छाड्नु, भूमिकामा नपुग्नु, हल्लाका पछि लाग्नु र अरुलाई दोष दिनुमात्रै क्रान्तिकारिता होइन । यो तरिका झ्याप्पै देश उँभो लाइहाल्ने तरिका पनि होइन ।

जहाँसम्म अहिलेको मतपरिणाम देखेर आउने दिनमा एमालेको पनि साख सिद्धिने त होइन भन्ने कुरा छ, यसबाट अत्तालिनु बिल्कुलै जरुरी छैन । यस्ता उतारचढाव यसले आफ्नो जीवनकालमा धेरै भोग्दै आएको छ र आफूलाई समयानुकूल परिवर्तन गरेर सावित गरेको छ । जबज त्यसैको उपज हो । यो कोही व्यक्ति विशेषको कुरा होइन । वर्ग र विभेद रहेसम्म संसारबाट कम्युनिष्ट र नेपालबाट एमाले कमजोर हुँदैन । कसैले चाहेर यो सिकिँदैन । किनकि श्रमजीवी, सर्वहारा वर्गको प्रतिनिधि नै एमाले हो । मान्छेले क्षेणिक आवेगमा बुझेर, नबुझेर कतै रोमल्लेला तर अन्ततः यहीँ न आई उसको मुक्ति सम्भव छैन भनेपछि कसरी सम्भव छ सिद्धिन ? कोही न अत्तालिऔं । सबैले आ–आफ्नो काम र भूमिकालाई इमान्दारिताका साथ लागू गरौं । नमिलेका र चित्त नबुझेका कुरा त्यहीभित्रको छलफलबाट समाधान गरौं । तातै खाऔँ जली मरौँ गर्ने बानी हटाऔँ । नेतादेखि कार्यकर्तासम्म गम्भी बनौं । आनिबानी सुधारौं । जनताले रुचाउने बनौँ ।

चुनौति योभन्दा ठूला पनि आउन सक्छन् । सामना गर्न हामी सफल छौं । समयले सबै कुरा सिद्ध गर्नेछ । ती सबै चुनौतिको सामना गरेर वैज्ञानिक रुपमा सबै कुरा मिलाएर अघि बढ्दा मात्रै समाजवादमा पुगिन्छ । अड्डाअदालत, देशविदेशी शक्ति र सबै पार्टीहरु एकातिर लागेर सिध्याउन खोज्दा त नसकिएको एमाले, मदन, जीवराजलाइ सिध्याउँदा त नसिद्दिएको एमाले, नाभिबाट माकुने, झलनाथहरु उत्पत्ति हुँदा त नसिद्धिएको एमाले, सोभियत संघ ढल्दा, वर्लिन ढल्दा नसिद्धिएको एमाले तनहुँ र चितवनमा उपचुनाव नजित्दा सजिलै सकिएला र ?