कपिलवस्तु । राजमार्ग सडकमा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारवाहीको कार्यविधि, २०७५ को दफा ७ बमोजिम जिल्ला स्तरिय समन्वय बैठक जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा सम्पन्न गरिएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा जिल्लाका सरोकारवालाहरु बिच बैठक सम्पन्न गरिएको हो । सडकमा भएका खाल्डाखुल्डीहरुले दुर्घटना बढ्दैै आएको हुँदा बैठकको आयोजना गरिएको जिल्ला स्तरिय समन्वय समितीले जानकारी दिईएको छ ।
कपिलवस्तुको तौलिहवा– बहादुरगंज सडक अन्र्तगत कपिलवस्तु नगरपालिका वडा नम्बर ४ कोदोहवा चोकमा रहेको सडक अतिक्रमण हटाईने भएको छ । कोदहवा चौराहाको सडक क्षेत्रमै घर टहरा र टंकी भएका कारण दुर्घटना बढदै गए पछि सडक अतिक्रमण हटाउने निर्णय गरिएको हो । यस अघि २ पटक सम्म नगरपालिकाले कोदहवामा रहेको अतिक्रमण खाली गर्न सुचना जारी गरे पनि त्यसको बेवास्ता गरेको बताईएको छ ।
सुख्खा मौसममा हावाहुरीको उच्च जोखिम रहने हुँदा सो समयमा सडक किनारामा रुखहरु ढलेर सडक अवरुद्ध हुने सम्भावना भएकोले यस सम्बन्धमा सुरक्षा निकाय , सडक डिभिजन कार्यालय र जिल्ला बन कार्यालयले बिशेष ध्यान दिने लगाएतको निर्णयहरु गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो ।
महेन्द्रराजमार्ग , हुलाकी राजमार्ग र कपिलवस्तु जिल्लाका अन्य सडकहरुमा हुने सडक दुर्घना न्यूनिकरणकालागि यस अगाडी नै जिम्मेवार तोकिएका निकाय , स्थानियतह र संम्बन्धित संस्था एवं व्यक्तिहरुले प्रभावकारी गराउनु पर्ने छ । सडक दुर्घटना तथा सडक अवरोध भएको अवस्थामा सबै सरोकारवाला निकाय बिच आवश्यक समन्वय तथा सुचना आनाद प्रदान गरी तत्काल परिचालित हुनेगरी व्यवस्था मिलाउने निर्णय भएको छ ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले समितिले निर्णय गरेकोले आउने आईतावर अर्थात बैशाख १७ गते सम्म कोदहवाको अतिक्रमण हटाईने बताउनु भयो । घर टहरा सडकमै रहेकोले कोदहवा चौराहामा दुर्घटना हुने गरेकोले उहाँले बताउनु भयो । नगरपालिकाका मेयर सुदिप पौडेलले सडकमा हुने अवरोधबाट दुर्घटना बढी हुने गरेको हुँदा यस बिषयमा सरोकारवाला संवेदनसिल हुन पर्ने बताउनु भयो ।
यस्तै भवनी भिक्षु देखि बहादुरगंज तर्फ जाने चौराहा सम्मको सडक निर्माण कार्य सुस्त भएको, ठाउ ठाउमा खाल्डाखुल्डी भएकाले त्यसको ब्यवस्थापन गर्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिईने मेयर पौडेलले बताउनु भयो । समितिले सडकमा रहेको अटो रेक्सा र फुटपाट फलफुल र अन्य पसलको समेत ब्यवस्थापन गर्न पालिकालाई जिम्मेवारी दिएको छ । यस्तै समय जति सकेर घुईकिने सवारी साधनबाट नागरिकहरु सुरक्षित नभएको भन्दै यस बिषयमा यातायात कार्यालयले ध्यान दिन आग्रह गर्नुभयो ।
कृष्णनगरबाट भित्रने भारतीय सवारी साधनलाई तौलिहवामा यातायात ब्यवस्थाको सेवा कार्यालय हुदा अस्थायी रुट परमिट लिन गाह्रो परेकोले त्यसको ब्यवस्था यथाशीघ्र गर्न पहल गर्ने , सडक क्षेत्रमा रहेको खल्डाखुल्डीले दुर्घटना निम्त्याएको भन्दै त्यसको ब्यवस्थान समेत गर्न जिम्मेवार निकायले गर्ने , बाटोमा रहेको सुखेका रुखले समेत दुर्घटना हुन सक्ने भन्दै त्यसको समेत ब्यवस्थापन गर्ने निर्णय गरिएको छ ।
सडक डिभिजन कार्यालय हुलाकी कार्यालय र पालिका अन्र्तगतका सडकलाई ब्यवस्थित गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो । बैठकमा जिल्ला सुरक्षा निकायका प्रमुख, डिभिजन सडक कार्यालय र हुलाकी सडक कार्यालयका प्रतिनिधि, यातायात ब्यवसायी, पत्रकार महासंघ लगायतको सहभागीता थियो ।
बैठकमा सडक अवरोध हटाउने बिषयमा बृहत छलफल भएको थियो । जिल्लाका सरोकारवालाहरुको सहभागिता रहेको बैठकको संचालन नासु बाबुराम पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।